भीरकोटलाई पर्यटकीय हब बनाउछौंः उम्मेद्वार अर्याल

कार्तिक १५, २०७९


स्मार्ट अखबार संवाददाता 
२०७९ कार्तिक १५ 

बिज्ञापन
विज्ञापन

नेकपा एमालेकी सचिव एवं स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार पदमा कुमारी अर्यालले भीरकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्ने बताउनुभएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभासदस्य निर्वाचनको लागि  भीरकोट नगरपालिकाका मतदाताहरु संँगको भेटघाट कार्यक्रममा पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले सो कुरा बताउनुभएको हो । भीरकोटमा स्वरेक मैदान, खिलुङ, ओखतीपानी जस्ता महत्वपूर्ण पर्यटकीय तथा ऐतिहासिक स्थलहरु रहको र यी स्थलहरुका माध्यमबाट यस क्षेत्रको विकास गर्ने सकिने बताउँदै उहाँले यस क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न आफु लागि पर्ने बताउनुभयो ।

भीरकोट ६ र ७ को सिमलचौर, खिलुङ, चिउरीखर्क लगायतका स्थानहरुमा पुगेर मतदाताहरुसंँग भेटघाट गर्दै अर्यालले एमालेको तर्फबाट उम्मेद्वार भएका उम्मेद्वारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदान गरेर सुखी नेपाली , समृद्ध नेपाल बनाउने अभियानमा सहभागी हुन समेत आम मतदाताहरुलाई आग्रह गर्नुभएको थियो।

पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले यस अघि आफू मन्त्रालयमा रहँदा स्वरेकमा प्याराग्लाइडिङ  स्पोर्टको निर्माण गरी त्यहाँसम्म पुग्नका लागि वालिङ र बयरघारीदेखि स्वरेक जान सडक कालोपत्रे गर्नका लागि बजेट विनियोजन गरेएको र पहिलो चरणमा केही किमी सडक कालोपत्रे भइसकेको बताउँदै बाँकी रहेका सडक फेरि अर्को चरणमा कालोपत्रे गर्नुका साथै स्तरउन्नती गर्ने समेत बताउनुभयो ।
भीरकोटमा रहेका पर्यटकीय गाउँहरुलाई होमस्टेको रुपमा विकास गरी यहाँका नागरिकहरुको आय आर्जनलाई वृद्धि गर्न आफ्नो पहलमा होमस्टेहरुका लागि बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।



केन्द्र सरकारले बजेट र नीति बनाउने भन्दै विनियोजित बजेटको स्थानीय सरकारले समन्वय गरी कार्यान्वयन गर्नुपर्नेमा भीरकोट अस्पतालका लागि बजेट विनियोजन भएपनि काम हुँन नसकेको प्रति अर्यालले दुख व्यक्त  गर्नुभयो। केन्द्रबाट अस्पताल निर्माणको लागि बजेट पठाउँदा पनि काम गर्न स्थानीय सरकारले चासो नदेखाउँदा अस्पताल बन्न नसकेको र आगामी दिनमा अधुरा कामहरु पुरा गरिने समेत अर्यालले बताउनुभयो ।

भेटघाट कार्यक्रममा गण्डकी प्रदेश क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्यका उम्मेद्वार मोहन रेग्मीले जिल्लाका होमिस्टेहरुलाई ग्रामीण पर्यटकीय क्षेत्रका रुपमा विस्तारका गर्नका लागि नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको र त्यो बजेटले धेरै पर्यटकीग गाउँहरुमा पूर्वाधारहरु समेत निर्माण भएको बताउनुभयो । नेकपा एमालेले मात्रै जनचाहना अनुसार काम गर्ने दाबी गर्दै उहाँले एमालेका उम्मेद्वारको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।