वडा स्तरीय शिक्षण सिकाइ सुधार तालिम सम्पन्न

जेठ ३०, २०७९


स्मार्ट अखबार संवाददाता ,भीरकोट
३० जेठ २०७९

भीरकोट नगरपालिका र अध्ययन फाउण्डेसन काठमाडौंको सहयोगमा शहिद शुक्र माध्यमिक विद्यालय , बाँस्तारा देउरालीमा संचालित ३ दिने वडा स्तरीय शिक्षण सिकाई सुधार तालिम सम्पन्न भएको छ। यहि जेठ २७ गतेदेखि २९ गतेसम्म सहिद शुक्र माध्यमिक विद्यालयको आयोजनामा संचालित तालिममा वडा नं ३ का ७ वटा विद्यालयका ५५ जना शिक्षकहरूको सहभागीता रहेको थियो।सहभागी शिक्षकरूलाई अध्ययन फाउण्डेशन, काठमाडौंका निर्देशक शरण कुमार अर्याल र नेपाल मण्टेश्वरीका कोषाध्यक्ष विष्णु अर्याल पोख्रेलले प्रशिक्षण दिनुभएको थियो।

तालिमको समापन समारोह शहिद शुक्र मा.वि. को व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर मल्लको अध्यक्षता र वडा नं ३ का नवनिर्वाचित वडा अध्यक्ष केशर बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समापन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि खड्काले सहभागी शिक्षकहरूलाई तालिममा सिकेका विषयवस्तुलाई कक्षाकोठामा नियमित रूपमा प्रयोग गरी शिक्षण सिकाइलाई प्रभावकारी र बालमैत्री बनाउन अनुरोध गर्नुभएको थियो।