नगरस्तरीय वादविवाद प्रतियोगितामा बालोदय मा.वि. प्रथम

पुष ०२, २०७९


स्मार्ट संवाददाता, भीरकोट
२ पुस २०७९

शहिद शुक्र माध्यमिक विद्यालयले आयोजना गरेको नगरस्तरीय वादविवाद प्रतियोगितामा बालोदय माध्यमिक विद्यालय प्रथम भएको छ। बालोदय मा.वि. का प्राञ्जल तिवारीले प्रथम स्थान हासिल गरेका हुन्। यसैगरी दभुङ ठाटी माध्यमिक विद्यालयका छात्रा भूमिका काफ्ले द्वितीय भएकी छ्न् भने दहथुम मा.वि.का छात्रा कोपिला के.सी.ले तृतीय स्थान प्राप्त गरेकी छ्न्। प्रतियोगितामा भाग्योदय माध्यमिक विद्यालयकि अनिष्मा दर्जीले शान्त्वनामा चित्त बुझाइन्।प्रथम , द्वितीय , तृतीय र शान्त्वना स्थान हासिल गरेका विद्यार्थीहरूले क्रमश: नगद रू २ हजार ५ सय, २ हजार, १ हजार पाँच सय र १ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छ्न्।

भीरकोट नगरपालिकाको वार्षिक शैक्षिक कार्यपात्रोमा उल्लेख भएबमोजिम कार्यक्रम संचालन भएको हो। वडा नं ३ का वडा अध्यक्ष केशर बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। पालिकाले कार्यपात्रोमा राखिएका कार्यक्रम व्यवस्थित रूपमा संचालन गर्न आर्थिक सहयोग एवं अनुगमन नगर्दा सहभागी विद्यालयहरूको संख्या कम हुँदै जान थालेको छ भने र पुरस्कारमा समेत एकरूपता आउन सकेको छैन्।