सगरमाथा माविबाट कक्षा १२ मा ९० प्रतिशत विद्यार्थी उत्तिर्ण

भदौ ०१, २०८०


स्मार्ट संवाददाता, वालिङ
१ भाद्र २०८०, शुक्रबार

स्याङ्जाको वालिङ ६ मिर्दिमा रहेको सगरमाथा अंग्रेजी आवासीय मा.वि.  ले कक्षा १२ उत्तिर्ण विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सीपल युक्तबहादुर बोगटीले विद्यालयमा कक्षा १२ का पहिलो व्याचका विद्यार्थीले उत्कृष्ठ नजिता ल्याउन सफल भएको भन्दै म्यानेजमेन्ट समुहमा जिल्लामै धेरै संख्यामा विद्यार्थी उत्तिर्ण गराउने विद्यालय सगरमाथा भएको दावी गरे। २०७८ बाट विद्यालयमा प्लस टुको अध्ययन शुरु भएकोमा पहिलो ब्याचले नै राम्रो नजिता ल्याएको भन्दै विद्यार्थीलाई बधाई तथा उज्जवल भविष्यको कामना गर्दै बधाई व्यक्त गरेका थिए ।

प्लस टूमा म्यानेजमेन्टमा कम्प्युटर साईन्सको अध्यापन गराउँदै आएको विद्यालय सगरमाथाबाट यसपटक ३६ जना विद्यार्थीले परिक्षा दिएका थिए । परीक्षामा सहभागी विद्यार्थी मध्ये ९० प्रतिशत विद्यार्थी राम्रो जिपिएर ल्याएर उत्तिर्ण भएको भन्दै विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको मेहेनतका कारण यो सफलता एवं नजिता प्राप्त भएको प्रिन्सीपल बोगटीले बताए।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

उत्तिर्ण भएका ९० प्रतिशत विद्यार्थीले २.६५ देखि ३.४४ जिपिए प्राप्त गरेका छन् । एउटै समुहमा यतिको संख्या तथा प्रतिशतमा विद्यार्थी उत्तिर्ण हुनु जिल्लामै पहिलो विद्यालय भएको विद्यालयको दावी छ । प्लस टू सम्म अध्यापन हुने विद्यालयमा ६०० विद्यार्थीले अध्ययन गर्दै आएका छन् । कक्षा ११ मा समेत भर्ना कार्यक्रम जारी रहेकाले आफ्नो सिट सुरक्षित राख्न विद्यालयले आग्रह गरेको छ ।