शिक्षकहरूलाई  क्षमता विकास तालिम

जेठ ०४, २०८१     स्मार्ट संवाददाता


भीरकोट नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको क्षमता विकास गर्न सूचना प्रविधी सम्बन्धि  तालिम दिएको छ। पालिकामा ५ कक्षासम्म वा सोभन्दा माथिल्लो तहमा पठनपाठन भएका विद्यालयका शिक्षकहरूलाई क्षमता विकास तालिम प्रदान गरिएको हो।  २५ वटा माध्यमिक र आधारभूत  विद्यालयका  शिक्षकहरूलाई तालिम प्रदान गरिएको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद कोइरालाले जानकारी दिए।

शैक्षिक जनशक्ति विकास केन्द्र दमौलीका शाखा अधिकृत  बिदुरहरी आचार्यले प्रशिक्षण दिएको तालिम ५ दिनसम्म संचालन भएको थियो। आइतबारबाट सुरू भएको तालिममा २५ जना शिक्षकहरूको सहभागिता रहेको थियो। विद्यालयमा उपलब्ध सूचना प्रविधिका सामाग्रीहरूलाई सदुपयोग गरी शिक्षणसिकाई क्रियाकलापलाई प्रभावकारी र फलदायी बनाउन क्षमता विकास तालिम प्रदान गरिएको शाखा प्रमुख कोइरालाले जानकारी दिए।