निर्वाचन आयोगद्वारा स्याङ्जाका पालिका प्रमुख र उपप्रमुख जरीवानामा

असोज ०७, २०७९


स्मार्ट अखबार संवाददाता
७ असोज २०७९

बिज्ञापन
विज्ञापन

स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई कानून बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा विलम्ब गरी बुझाउनेहरूको नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ।आयोगले गत भदौ १ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनी मिति उम्मेदवारहरूलाई सूचित गरेको थियो। आयोगले सो समयावधि भित्र प्राप्त हुन आएका स्पष्टीकरणहरु अध्ययन गरी हेर्दा स्पष्टीकरणको व्यहोरा चित्त बुझ्दो नदेखिएको र सो अवधिभित्र स्पष्टीकरण पेश नगरेको, ढिलो गरी स्पष्टीकरण पेश गरेको आधारमा नगरपालिकाका प्रमुख तथा उप प्रमुख पदका उम्मेदवारहरुलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम आयोगले निर्धारण गरेको खर्चको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा (१) बमोजिम जनही रु. ४ लाख ५० हजार जरिवाना गरेको हो।यसैगरी गाउँपालिका प्रमुख तथा उपप्रमुखलाई जनही ३ लाख ५० हजार जरीवाना गरेको हो।

बिज्ञापन

स्याङ्जाबाट भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, नगर उपप्रमुख भगवती अर्याल, चापाकोट नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँण ईश्वर तथा उपप्रमुख इशा राना, हरिनाश गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धर, उपाध्यक्ष इन्द्रकुमारी राना थापा, विरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुवँर र उपाध्यक्ष भगवती शर्मा जरीवानामा पर्नुभएको छ। वडाध्यक्ष र वडासदस्यको सूची पनि लामै रहेको छ।

स्मार्ट अखबारद्वारा जनहितमा जारी सन्देश

समयमै निर्वाचन खर्च विवरण नबुझाउनेमा अर्जुनचौपारी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष चिनमाया गुरुङ समेत हुनुहुन्छ । जो अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष पदमा हालैको निर्वाचनमा पराजित हुनुभएको थियो । यसैगरी चापाकोट नगरपालिकाका नगरप्रमुख पदमा पराजित उम्मेदवार राजु कोइराला, उपप्रमुख पदमा पराजित सृष्टि मल्ल, अर्जुनचौपारी गाउँपालिकाको उपाध्यक्ष पदमा पराजित उम्मेदवार टंकप्रसाद खनाल लगायतका उम्मेदवार जरीवानामा पर्नुभएको छ।