माघ १४, वालिङ

दुर्गाखिमा फाउन्डेशनले  पूर्णामृत भवानी माध्यमिक विद्यालयलाई पानी शुद्धीकरण उपकरण सहयोग गरेको छ।  स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० मा रहेको विद्यालयलाई ३ लाख रूपैयाँ बराबरको पानी शुद्धीकरण उपकरण सहयोग गरिएको फाउण्डेशनका सचिव मणी प्रसाद अर्यालले बताउनुभयो ।
सामाजिक परोपकार काम गर्ने सिलसिलामा फाउण्डेशनले न्युन आर्थिकस्तर भएका विद्यार्थीहरुले अध्ययन गर्ने सामुदायिक विद्यालय अन्तर्गत पूर्णामृत भवानी माविमा पानी शुद्धिकरण गर्ने उपकरण सहयोग गरेको फाउण्डेशनका सचिव मणी प्रसाद अर्यालले बताउनुभयो ।
आधुनिक प्रविधिबाट पानी शुद्धिकरण गर्ने उपकरण उपलब्ध भएपछि विद्यार्थीले शुद्ध पानी पिउन पाएको विद्यालयका प्रधानाध्यापक परशुराम लम्साल  बताउनुभयो । उहाँले जाडोको समयमा शुद्ध र तातोपानी आउने उपकरणको उपयोगले विद्यार्थीले घरबाट तातोपानी ल्याउनुपर्ने झन्झट हटेको बताउनुभयो । दुर्गा खिमा फाउण्डेशनले गरेको सामाजिक कामको प्रशंसा गर्दै प्रधानाध्यापक लम्सालले यस्ता सामाजिक कार्यमा सबैले हातेमालो गर्नुपर्ने उल्लेख गर्नुभयो ।
वि.सं.२०७६ सालमा दुर्गाखिमा फाउण्डेशनको स्थापना भएको हो । स्थापनाको छोटो समयमै धेरै सामाजिक कार्य गरेको यस फाउण्डेशनले विपन्न तथा असहायहरुको सेवा गर्दै आइरहेको छ । वालिङ बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरी यस फाउण्डेशनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । त्यसै गरि कोरोना नियन्त्रणको लागि वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा फाउन्डेशनले रु ५० हजार नगद सहयोग गरेको छ ।दुखी तथा विपन्न वर्गका नागरिकहरुको सेवाको लागि यस फाउण्डेशनको स्थापना गरिएको हो । यसका संरक्षक बेनी माधव कँडेल‘गोपाल’ हुनुहुन्छ । हाल संयुक्त राज्य अमेरिकामा रहनुभएका कँडेलले आफ्ना दिवंगत बुवा दुर्गा कँडेल र आमा खीमा कँडेलको स्मृतिमा यस फाउण्डेशनको स्थापना गर्नुभएको हो ।
समाजसेवाको माध्यमबाट सकारात्मक सोँचको विकास गर्दै विपन्न वर्गलाई सहयोग र उत्थान गर्ने यस फाउण्डेशनको मुख्य उद्देश्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here