पोखरा, ८ फागुन २०७८

यातायात व्यवस्था विभागले परिर्माजनसहित जारी गरेको “सवारी चालक अनुमतिपत्र परीक्षा संचालन कार्यविधि निर्देशिका २०७७” (संशोधन सहित) गण्डकी प्रदेशमा आइतबारदेखि औपचारिक रुपमा लागू भएको छ। प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रयोगात्मक परीक्षाको एक कार्यक्रमबीच सुरुवात गर्नुभएको हो।

नयाँ निर्देशिका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षामा ६० र प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था छ। यस अगाडि प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था रहेकोमा सो नियम परिवर्तन भएको हो।नयाँ परीक्षा प्रणालीमा पास हुन सहज छ।
सवारी चालक अनुमतिपत्र कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रेम सुवेदीेका अनुसार निर्देशिका लागू भएसँगै फागुन १ गते देखि आवेदन दिएकाले नयाँ व्यवस्थाअनुरुप उत्तीर्ण हुन पाउँनेछ्न्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here