विपद् जोखिम न्यूनीकरण गर्न १० बुँदे घोषणापत्र जारी

असोज ०७, २०७९


स्मार्ट अखबार संवाददाता
७ असोज २०७९

बिज्ञापन
स्मार्ट अखबारद्वारा जनहितमा जारी सन्देश
विज्ञापन

स्याङ्जाको भीरकोट नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नका लागि १० बुँदे घोषणापत्र जारी गरिएको छ। नगरपालिकाको आयोजना र USAID, BHA र UN Migration को सहयोगमा सम्पन्न भएको दुई दिने गोष्ठीमा पालिकाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। तालिमको सहजीकरण NSET, PAC र LWF ले सहजीकरण गरेका थिए।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले पालिका भित्र विपद् जोखिम न्यूनीकरणका लागि १० बुँदे घोषणापत्र जारी गर्नुभएको हो। घोषणापत्रमा विपद् बाट हुने मानवीय तथा धनजनको क्षती न्यूनीकरण गर्न पालिकाले गर्नुपर्ने अति आवश्यक कार्यहरूलाई लिपिबद्ध गरिएको छ। घोषणापत्रमा स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन कार्यान्वयन गर्ने, स्थानीय विपद् व्यवस्थापन कोषको स्थापना र संचालन कार्यविधी तथा राहत वितरण मापदण्ड बनाउने, स्थानीय आपत्कालिन संचार केन्द्रको स्थापना गर्ने , विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा र अद्यावधिक गर्ने, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन गर्ने, विपद् व्यवस्थापनलाई विकास योजनासँग मूल प्रवाहीकरण गर्ने, विपद् व्यवस्थापनलाई वडा तहदेखी नै व्यवस्थित गर्ने, विपद् व्यवस्थापनका लागि सम्पर्क व्यक्ती तोक्ने , आपत्कालिन उद्धार सामाग्रीको वडा तहसम्मै उचित व्यवस्थापन , भण्डारण र अद्यावधिक गर्ने, स्थानीय तहमा जोखिम क्षेत्रको पहिचान, नक्साङ्कन, निकास र मार्ग पहिचान गर्ने, विपद्को क्षेत्रमा अनुभव भएका दक्ष जनशक्तिको खोज, उपयोग , प्राथमिक उपचार, मनोसामाजिक परामर्श लगायतका काम गर्ने प्रतिबद्धता व्यक्त गरिएका छ्न्।