विपत् एवं प्राकृतिक प्रकोपबाट ९५ जनाको मृत्यु

असार १६, २०७९


१६ असार २०७९

वैशाख १ गतेदेखि असार १५ गते सम्म विपत्  एवं प्राकृतिक प्रकोपका घटनामा परेर देशभरीमा ९५ जनाको मृत्यु भएको छ।जसमध्ये सबैभन्दा बढी मृत्यु चट्याङबाट भएको छ।राष्ट्रिय विपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख देखि असार १५ सम्म चट्याङबाट  मात्रै ३७ जनाको मृत्यु भएको छ।देशभरमा घटेका ८९१ वटा विपत् का घटनाहरूमा परी ९५ जनाको मृत्युु भएको हो।जसमध्ये पहिरोबाट १० जना, आगलागीबाट १८ जना र जनावर आतंकबाट १२ जनाको मृत्यु भएको छ। यसैगरी बाढीबाट ३, भारी वर्षाबाट १, सर्पको टोकाइबाट ५, जंगल आगालागीबाट १ र हावाहुरीबाट ८ जनाको मृत्यु भएको छ।विपद्का घटनामा परी २०४ जना घाइते भएका छ्न् भने १ जना वेपत्ता भएका छ्न्।हिजोमात्रै विभिन्न जिल्लामा चट्याङका घटनामा परी ७ जनाको मृत्यु भएको थियो।

चट्याङ के हो?

चट्याङ एक प्राकृतिक विपद् हो । यसलाई रोक्न त सकिँदैन तर केही सावधानी अपनाएमा मानविय क्षती हुनबाट जोगिन भने सकिन्छ ।

आकाशमा विपरीत दिशाबाट आएका बादल एकापसमा ठोक्किँदा त्यसको घर्षणबाट उत्पन्न हुने विद्युतीय तरङ् एवं शक्तिलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । सबै किसिमका चट्याङले विद्युतको लहर उत्पन्न गराउने हुँदा चट्याङलाई खतरनाक मानिन्छ ।

कसरी बच्ने?



हरेक वर्ष चट्याङ परेर कैयौं मानिसको ज्यान जाने गरेको छ। तर केही सतर्कता अपनाए चट्याङबाट बच्न सकिन्छ।

यदि कसैमाथि चट्याङ परेको छ भने तत्काल डाक्टर बोलाइहाल्नु पर्छ। पीडितलाई छुन सुरक्षित हुन्छ – चट्याङ लागेका मानिसमा विद्युतीय करेन्ट बाँकी हुँदैन, त्यसैले पीडितलाई छुँदा अरु मानिसलाई पनि करेन्टको झट्का लाग्दैन।

चट्याङ लागेका व्यक्तिको तत्काल नाडी छाम्नुपर्छ र प्राथमिक उपचार दिने ज्ञान छ भने दिइहाल्नुपर्छ।

धेरैजसो टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले उनीहरुको टाउको र खुट्टा जलेका हुन्छन्।

धेरैजसो टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले उनीहरुको टाउको र खुट्टा जलेका हुन्छन्।

पीडितको हड्डी भाँच्चिएको हुन सक्छ। उनीहरुको सुन्ने शक्ति समाप्त भएको हुन सक्छ। वा हेर्ने शक्ति पनि समाप्त भएको हुन सक्छ। यी जाँच गर्नुपर्छ।

अन्तिम पटक बिजुली चम्केको तीस मिनेटसम्म पर्खन राम्रो हुन्छ। किनकि, चट्याङ्बाट हुने आधाजसो मरणका घटना त बिजुली चम्कन बन्द भइसकेको जस्तो लागेको बेला हुने गर्छ।

थचक्क बस्नुपर्छ, हातलाई घुँडामा टेकाएर टाउको तिनको बीचमा राख्नु बेश हुन्छ। रुख, तारबार र खम्बाहरुबाट टाढा भुईँसतह मा बस्नु राम्रो हुन्छ।

छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन किनभने यिनमा भएका धातुले करेन्टलाई शरिरतर्फ तान्न मद्दत पुर्याउन सक्छ।

एकै ठाउँमा चट्याङ दोहोर्याएर कहिल्यै पर्दैन भन्ने भनाई गलत हो। त्यसैले होशियार हुनैपर्छ।

बच्ने उपायका बुँदाहरू BBC नेपाली सेवाको सहयोगमा तयार पारिएको हो।