नागरिक एपमा लाइसेन्स हेर्ने तरिका

कार्तिक १३, २०८०


स्मार्ट न्युज डेस्क,
१३ कार्तिक २०८०

सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको नागरिक एपबाट देखाएको डिजिटल ड्राइभिङ लाइसेन्सलाई ट्राफिक प्रहरीले मान्यता दिने भएको छ।

नागरिक एपको एन्ड्रोइड वा आईओएस भर्सन मोबाइल फोनमा डाउनलोड गरि लाइसेन्स हेर्न /देखाउन सकिन्छ। ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा मात्रै ट्राफिक प्रहरीले एपमा भएको डिजिटल ड्राइभिङ लाइसेन्सलाई मान्यता दिने भएको हो।

मोबाइलमा नागरिक एप डाउनलोड गरेपछि एकाउन्ट बनाउनको लागि आफ्नै नाममा रजिस्टर भएको सिम कार्ड चाहिन्छ। एपमा मागिए अनुसारको विवरण भरेपछि अकाउन्ट भेरिफाइ हुन्छ। त्यसपछि तलका प्रक्रिया अपनाएर ड्राइभिङ लाइसेन्स हेर्न सकिन्छ ।

सबैभन्दा पहिले नागरिक एपको होमपेजमा जानुहोस् ।
अनि All services मा रहेको ‘सवारी चालक अनुमति पत्र’ को अप्सनमा ट्याप गर्नुहोस् ।

त्यसपछि आफ्नो सवारी चालक अनुमति पत्रमा रहेको नम्बर राखेर ‘पेस गर्नुहोस्’ लेखिएको बटनमा ट्याप गर्नुहोस् । यदि हजुरको दिएको नम्बर मिलेको खण्डमा लाइसेन्स लिङ्क हुन्छ । नागरिक एपको एकाउन्ट बनाउन यो लिङ्क  खोलेर थप जानकारी लिन सक्नुहुनेछ।