जिल्ला प्रशासन कार्यालयमा निर्माण व्यावसायीहरुको धर्ना

साउन १४, २०८०


राम बहादुर रोकाहा,स्याङ्जा
१४ साउन २०८०

स्याङ्जाका निर्माण व्यावसायीहरुले जिल्ला प्रशासन कार्यालय स्याङ्जामा एक कार्यक्रम आयोजना गरि धर्ना दिएका छन् ।

उक्त कार्यक्रममा निर्माण कार्यको बाँकी रकम भुक्तानी गरिनुपर्ने, विगतको म्याद थपको आदेश उपयोग नभएकोले सो आदेशलाई संसोधन गरि पुन: म्याद थपको आदेश जारी गर्नुपर्ने, मूल्य वृद्धिलाई सम्बोधन गरि मुल्य समायोजन गरिनुपर्ने, बिमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने लगायतका विभिन्न ९ बुँदे मागहरु सहित धर्ना दिइएको निर्माण व्यावसायी संघ स्याङ्जाका महासचिव कृष्ण प्रसाद पोख्रेलले जानकारी दिए।

महासचिव पोख्रेलका अनुसार माग सम्बोधन नभएको खण्डमा महासंघको नेतृत्वमा आन्दोलनका थप सशक्त कार्यक्रमहरु समेत गरिनेछ ।

विज्ञापन
जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी