चैत्र मसान्तभित्र हातहतियार बुझाउन स्याङ्जा प्रशासनको आदेश

चैत १४, २०७८


१४ चैत्र २०७८

स्याङ्जा  जिल्ला प्रशासन कार्यालयले चैत्र मसान्तभित्र हातहतियारहरु बुझाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यलयले एक सूचना जारी गर्दै चैत्र मसान्तसम्म आ –आफ्नो नजिकको प्रहरी चौकीमा हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको हो ।



प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो  बनाउन जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत्र ३० गतेभित्र नजिकैको प्रहरी चौकीमा बुझाउन प्रशासनले सबैमा अनुरोध गरेको हो।



जिल्ला प्रशासन कार्यलयले स्याङ्जाले निकालेको एक सूचानामा गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णयाअनुुसार निर्वाचन पछि जिल्ला प्रहरी कार्यलय स्याङ्जा र वडा प्रहरी कार्यलय वालिङबाट सुरक्षितका साथ फिर्ता हुने उल्लेख गरिएको छ ।