भीरकोट नगरपालिकाद्वारा ५० वटा बङ्गुरका पाठापाठी वितरण

चैत १९, २०७८


१९ चैत्र २०७८



दलित सशक्तीकरण अभियान अन्तर्गत भीरकोट नगरपालिकाले ५० वटा बङ्गुरका पाठापाठी वितरण गरेको छ।नौ वटै वडाका आर्थिक रूपमा विपन्न दलित परिवारलाई प्रती परिवार एक वटाका दरले बङ्गुरका पाठापाठी वितरण गरिएको दलित सशक्तीकरण अभियान,भीरकोटका अध्यक्ष सुवास गहतराजले जानकारी दिनुभयो।



दिगो विकासको लक्ष्य अनुरुप गरिबी निवारण र सामाजिक न्याय स्थापना गर्ने उद्देश्यले नगरपालिकाले दलित सशक्तीकरण अभियानलाई प्राथमिकतामा राखेको नगरप्रमुख छायाराम खनालले बताउनुभयो। दलितहरूको हकहित र अधिकार संरक्षण गर्दै समाजको मूल प्रवाहमा समाहित गर्न स्थानीय सरकारले पनि सक्दो प्रयास जारी राखिरहेको जानकारी दिनुभयो।

दलितहरूको वास्तविक जनसंख्या पत्ता लागाई उनीहरूको सशक्तीकरणका विविध कार्यक्रमहरू तय गरिसकिएको नगरपालिकाले जनाएको छ। नगरपालिका र दलित सशक्तीकरण अभियानको सहकार्यमा संकलन गरिएको तथ्यांक अनुसार भीरकोट नगरपालिकामा दलित परिवारको घरधुरी संख्या ८८१ र दलितहरूको जनसंख्या ४७५४छ। जसमध्ये महिलाहरूको जनसंख्या २३४३ र पुरूषहरूको जनसंख्या २४११ रहेको छ। अतिविपन्नको परिवार संख्या ११२, विपन्न परिवार संख्या २०५ मध्यम परिवारको संख्या २९९ , सम्पन्न परिवारको संख्या १७३ र अतिसम्पन्न परिवारको संख्या ७२ रहेको छ।