भीरकोट नगरपालिकाद्वारा रामपुर पराजित

असोज २२, २०७८


आश्विन २२, भीरकोट खबर डेस्क

चापाकोट क्रिकेट कप समितिद्वारा आयोजित दोस्रो चापाकोट क्रिकेट कप -२०७८ मा भीरकोट नगरपालिका क्रिकेट क्लब ४६ रनले विजयी भएको छ।बिहिबार चापाकोटमा भएको खेलमा टस जितेर बलिङ रोजेको रामपुर क्रिकेट एसोसिएसनलाई भीरकोट क्रिकेट क्लबले ७ विकेटको क्षतिमा १२८ रनको टार्गेट दिएको थियो।भीरकोटका रम्जान मियाँले २८ बलमा ३५ रन र दिपेश क्षेत्रीले ७ बलमा २८ रन जोड्दै खेललाई प्रतिस्पर्धात्मक बनाएका थिए।

जवाफी ब्याटिङमा उत्रेको रामपुर क्रिकेट एसोसिएसनलाई ८१ रनमा समेट्दै भीरकोटले फराकिलो अन्तरको जीत हासिल गरेको हो।भीरकोटका मनोज थापाले ३ ओभरमा २८ बल खर्चदै ३ विकेट लिन सफल भएका थिए भने अशोक श्रेष्ठले  ३ ओभरमा ३ रन खर्चदै २ विकेट लिन सफल भएका थिए।यसै गरि दिपेश क्षेत्रीले श्रेष्ठले ३ ओभरमा १६ रन खर्चदै २ विकेट लिन सफल भएका थिए।उक्त प्रतिस्पर्धामा भीरकोटका खेलाडी दिपेश क्षेत्री म्यान अफ द म्याच बनेका थिए।

चापाकोट नगरपालिका मुख्य प्रायोजक रहेको यो खेल असोज २७ गते सम्म चल्ने आयोजकले बताएको छ। क्रिकेट खेल र खेलाडीको विकास गर्ने उद्देश्यले विजया दशमी तथा दिपावलीको पावन अवसरमा पारेर चापाकोट क्रिकेट समितिद्वारा आयोजित क्रिकेट कप चापाकोट खेल मैदानमा असोज २० गते देखि देखि सुरू भएको थियो।प्रथम पुरस्कार रू ५०,००० र द्वितीय पुरस्कार रू २५,००० रहेको दोस्रो चापाकोट क्रिकेट कपको सफलताको कामना गर्दै मुख्य प्रायोजक चापाकोट नगरपालिकाले रू ३,००,००० रुपैया प्रदान गरेको छ।