नगरस्तरीय रनिङ शिल्ड क्रिकेटमा हेलु लामाचौर क्लब विजयी

बैशाख ०८, २०७९


स्मार्ट अखबार संवाददाता,
८ बैशाख २०७९

नयाँ बर्ष २०७९ सालको उपलक्ष्यमा बयरघारी क्रिकेट क्लबले आयोजना गरेको नगरस्तरीय “प्रथम भीरकोट रनिङ शिल्ड क्रिकेट प्रतियोगिता २०७९” को फाइनल खेलमा बयरघारी क्रिकेट क्लबलाई ३ रनले हराउदै हेलु लामाचौर युवा क्लब विजयी भएको छ। जितसगै क्लबले नगद रु ४०,०००।- र रनिङ शील्ड प्राप्त गर्न सफल भएको छ।

हेलु लामाचौर क्लबका बिजयी खेलाडीहरू

टस जितेर मैदानमा उत्रेको हेलु लामाचौर क्लबले आयोजक बयरघारी क्रिकेट क्लबलाई १०३ रनको लक्ष्य दिएको थियो।जवाफी ब्याटिङमा उत्रेको बयरघारी क्रिकेट क्लबलाई ९९ रनमा समेट्दै हेलु लामाचौर क्लब विजयी भएको थियो। प्रतियोगितामा कुल ८ विकेट लिन सफल हेलु लामाचौर परिवार का दर्शन राना Best Bowler र १५४ रन र ७ विकेट लिन सफल अशोक श्रेष्ठ Best Batsman & Player Of The Tournament घोषित हुनुभएको थियो ।यहि बैशाख २ गतेदेखी संचालन भएको खेल प्रतियोगिता वर्षाका कारण दुई दिन लम्बिएको थियो। भीरकोट नगर प्रमुख छायाराम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खेल प्रतियोगितामा आयोजकले दोस्रो स्थान प्राप्त गर्दै नगद रू २०,०००/- मा चित्त बुझाएको छ।