भीरकोट खबर डेस्क, १० कार्तिक २०७८नेकपा एमालेको नगर अधिवेशनको नतिजा आउने क्रम जारी छ। सबै ठाउँमा सर्वसम्मतीको प्रयास गरेर पार्टीले पार्टी एकताको सन्देश दिन खोजेको छ।हिजो बेलुकी सम्म स्याङ्जाका ५ पालिकाको नतिजा सार्वजनिक भएको थियो।अहिले सम्म ९ पालिकाको चुनावी नतिजा सार्वजनिक भैसकेको छ।जिल्ला अध्यक्ष सूर्य कुमार गैह्रे पारसले दिएको जानकारी अनुसार नेकपा (एमाले ) फेदीखोला गाउँपालिकाको प्रथम अधिवेशनबाट  अध्यक्षमा घनश्याम सुवेदी, उपाध्यक्षमा दुर्गादत्त शर्मा, सचिवमा हर्क बहादुर कार्की, उपसचिवमा डिबी मिजार र चेतन शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ।नेकपा (एमाले ) स्याङ्जा, कालिगण्डकी गाउँपालिकाको अधिवेशनबाट अध्यक्षमा कृष्ण बहादुर लामिछाने, उपाध्यक्षमा ईन्द्र थापा मगर, सचिव एक नारायण न्यौपाने (प्रकाश), उपसचिवमा सुलोचना पाण्डे र कृष्ण प्रसाद भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ।नेकपा (एमाले ) स्याङ्जा, चापाकोट नगरपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा राजु कोइराला , उपाध्यक्षमा शंकरभक्त भण्डारी, सचिवमा राजु भट्टराई , उपसचिवमा शेसकान्त भण्डारी र गोबर्धन सर्वसम्मत निर्वाचित हुनुभएको छ। नेकपा (एमाले ) बिरुवा गाउपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रकाश थापा मगर , उपाध्यक्ष कल्याण कुमार पोखरेल, सचिवमा गोपाल कोइराला, उपसचिव नबिन आले र सितलजङ केसी निर्वाचित हुनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here