वालिङ नगरपालिकामा कोभिड-१९ खोप लगाएकाहरुको विद्युतीय अभिलेखिकरण
पुष २५, २०८०

स्मार्ट संवाददाता
वालिङ, २५ पौष
वालिङ नगरपालिकामा कोभिड-१९ को खोप लगाएकाहरुको विद्युतीय अभिलेखिकरण गरिएको छ । नगरपालिकाको १४ वटै वडामा सञ्चालन गरिएको विद्युतीय अभिलेखिकरण कार्यक्रममा २ हजार ४ सय २ जनाको कोभिड-१९ खोप विद्युतीय अभिलेखिकरण गरिएको छ ।
उज्यालो यात्रा गैर सरकारी संस्था वालिङले यूनडिपिको आर्थिक सहयोग र वालिङ नगरपालिकाको समन्वयमा कोभिड-१९ खोप लगाएकाहरुको विद्युतीय अभिलेखिकरण अभियान सञ्चालन गरेको थियो । उज्यालो यात्राले वालिङ नगरपालिका १४ वटै वडामा सहजकर्ता परिचालन गरी अभिलेखिकरण अभियान सञ्चालन गरेको थियो ।
अभिलेखिकरण कार्यक्रममा वडा नं. १ मा १ सय ५९, २ मा १ सय ६०, ३ मा २ सय २३, ४ मा १ सय २५, ५ मा १ सय ३१, ६ मा २ सय ७५, ७ मा १ सय १४ जनाको विद्युतीय अभिलेखिकरण भएको छ । यसैगरी वडा नंवर ८ मा १ सय ३८, ९ मा १ सय ७२, १० मा १ सय २४, ११ मा १ सय ६, १२ मा ३ सय ४, १३ मा १ सय २८ र १४ मा २ सय ४७ जनाको कोभिड-१९ विरुद्धको खोप लगाएकाहरुको विद्युतीय अभिलेखीकरण गरिएको उज्यालो यात्राका अध्यक्ष हिमलाल पराजुलीले जानकारी दिए ।

पछिल्लो समय वैदेशिक रोजगारीका साथै अध्ययनको लागि विदेश जानेहरुले महंगो शुल्क तिरेर विद्युतीय अभिलेखिकरण गराउदै आएको अवस्थामा यो अभियान मार्फत वडा वडामा निःशुल्करुपमा अभिलेखिकरण गर्ने अवसरले सर्ववसाधारण जनताहरुमा उत्साहा देखिएको उनले बताए ।
