ज्यान्सेन खोप लगाएकालाई पनि अब बुस्टर डोज

फागुन ०५, २०७८


५ फागुन २०७८
कोरोना विरुद्धको ज्यान्सेन एन्ड ज्यान्सेन  खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयले सूचना निकालेर अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भइ ज्यान्सेन एन्ड ज्यान्सेनको खोप लगाएको ६ महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने जनाएको हो ।

मन्त्रालयले ज्यान्सेनको खोप लगाएकाहरुलाई सकेसम्म त्यही खोप बुस्टर डोजमा लगाउन सुझाव दिएको छ । तर, यो खोप उपलब्ध नभएको खण्डमा उपलब्धताका आधारमा कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप पनि लगाउन सकिने मन्त्रालयले स्पष्ट पारेको छ ।