सहकारी संचालकलाई क्षमता विकास तालिम प्रदान

मङि्सर २८, २०८०


रमेश गाेदार, स्याङ्जा 

२८ मंसिर २०८०, बिहिवार 

जिल्ला बचत तथा ऋण सहकारी सघंले जिल्लाका  सहकारी संचालकहरूलाई क्षमता विकास तालिम प्रदान गरेको छ । पुतलीबजार नगरपालिकाको सभाहलमा आयोजना गरिएको १ दिने तालिममा  नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी सघंले प्राविधिक सहयोग गरेको थियो।

 कार्यक्रमकाे उद्घाटन गर्दै जिल्ला सघंका पूर्व अध्यक्ष तथा सहकारी अभियान्ता अनन्त कुमार श्रेष्ठले सहकारीमा देखिएकाे समस्याकाे समाधानका लागि संचालकहरूले सहकारी नीति, व्यवस्था र आधारभूत पक्षहरूकाे बारेमा ज्ञान हुनुपर्ने बताए । उनले दक्ष संचालक भए मात्र सहकारी मर्म अनुसार संचालन हुने बताउँदै सहकारीको अवस्था र सूचकहरू बारे जानकारी राख्न सुझाब दिए ।

कार्यक्रममा पुतली बजार नगरपालिका सहकारी विभाग प्रमुख विष्णु प्रसाद ढकाल, नवराज शर्मा, ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक शान्ता थापा र कालीका बचत तथा ऋण सहकारी संस्थाका सचिव मिन प्रसाद कोइराला लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा नेफ्स्कुनका क्षेत्रिय कार्यलय पोखराका प्रमुख सूर्यप्रसाद तिमिल्सिनाले सहजीकरण गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संस्थाका ४० जना सञ्चालकहरुको सहभागिता रहेकाे थियो । जिल्ला बचत तथा ऋण सहकारी सघं स्याङ्जाका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा  स्वागत मन्तव्य सघंका सदस्य अमृत नेपाली थापाले र कार्यक्रम सञ्चालन सघंका सचिव अच्यूत प्रसाद पोख्रेलले गरेका थिए ।