सहकारी अभियानलाई मजबुत बनाउने प्रतिबद्धता

चैत २१, २०८०


२१ चैत्र २०८०, बुधबार

सहकारी अभियानलाई मजबुत बनाउने प्रतिबद्धता सहित भीरकोटमा ६७ औं राष्ट्रिय  सहकारी दिवस मनाइएको छ।

muktinath krishi
भीरकोट सहकारी सघं लि.को आयोजना र भीरकोट न.पा.को समन्वयमा ६७ औं राष्टिय सहकारी दिवस र्‍याली र अन्तरक्रिया गरी मनाइएको हो। भीरकोट नगरपालिकाको कार्यालय बाट बिहान ११ बजे विभिन्न सहकारी संस्थामा आवद्ध शेयर सदस्य र सहकारीकर्मीहरूले र्‍याली निकालेका थिए। आँधिखोला सिटिहलमा पुगेर टुङ्गिएको र्‍यालीमा भीरकोटका जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

सहकारीकर्मीहरु सहकारी संस्थाको आ–आफ्नो ब्यानरमा सहकारीका विभीन्न नाराहरु सहित र्‍यालीमा सहभागी भएका थिए। २० भन्दा बढी सहकारी संस्थाहरुको प्रतिनिधत्व भएको सो कार्यक्रममा करिब २ सय भन्दा बढी सहकारीकर्मीहरूको उपस्थिती रहेको थियो।

विज्ञापन

भीरकोट सहकारी संघका अध्यक्ष तोयनाथ अर्यालको अध्यक्षतामा सिटिहलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारीमा रहेका कमीकमजोरी न्यूनीकरण गर्दै सहकारी अभियानलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख गोवीन्द कुमार कर्माचार्य, संस्थापक नगर प्रमुख छायाराम खनाल,उपप्रमुख भगवती रेग्मी अर्याल, जिल्ला सहकारी सघंका सचीव मिन प्रसाद कोइराला, वडा अध्यक्षहरू लक्ष्मण खत्री, नन्दुलाल खनाल,भीरकोट उद्योग वाणीज्य सघं का अध्यक्ष जगदिश प्रसाद कोइराला,नेपाली काङ्ग्रेस भीरकोटका सभापती याम प्रसाद अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए। अन्तरक्रिया कार्यक्रममा उठेका अधिकांश सवालहरूको जवाफ निवर्तमान नगर प्रमुख खनालले दिएका थिए।

 

नगर प्रमुख कर्माचार्यले सहकारीको महत्त्व , हालको अवस्था,समस्याहरु,चुनौतिहरु र समाधानका विषयहरुमा आफ्नो भनाई सहित सम्पुर्ण सहकारीकर्मीहरुमा सहकारी दिवसको शुभकामना दिएका थिए।

सोही दिन प्रस्तावीत भीरकोट सहकारी सघंको विनीयम उपर पनि भव्य छलफल भई पारित भएको छ । सघंले आगामी दिनहरुमा भीरकोट भित्रको सहकारी अभियानलाई थप शसक्त,मजबुत,ओजीलो र प्रभावकारी बनाउने,प्रर्वद्दन गर्ने,विकास गर्ने,सहकारीहरु बीच पारस्परिक सुमुधुर सम्बन्ध राखी एक आपसमा सहकार्य गर्ने,सहकारी शिक्षा दिने,वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने,संचालक,कर्मचारी लगायत पदाधिकारीहरुलाई निरन्तर तालीम दिने,भीरकोट भित्र साझा सहकारीमैत्री कर्जा सुचना केन्द्रको स्थापना गर्ने,कुनै पनि सहकारीलाई वित्तीय समस्या आईपरे सघंले मध्यस्थतता गरि निवारण गर्ने,सहकारी अभियानमा जोडीएका सम्पुर्ण सदस्यहरुको आर्थिक समृद्दी,सामाजिक न्याय,सांस्कृतिक विकास गर्ने लक्ष्य राखेको छ।