नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

असार ०६, २०७९


स्मार्ट अखबार संवाददाता
४ असार २०७९

नेपाली काँग्रेस भीरकोटले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ।पार्टी कार्यालयमा एक औपचारिक समारोह आयोजना गरि नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूलाई सम्मान गरिएको हो।

नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन
सचिव तारा प्रसाद अर्यालले गर्नुभएको थियो।
नगर उपसभापति जगदिश प्रसाद कोइरालाको स्वागत मन्तव्य सँगै सुरू भएको कार्यक्रममा लक्ष्मण अधिकारी,
अनिल खत्री, नुवादत्त अर्याल, रमेश पौडेल
हरी प्रसाद अर्याल, भविश्वर कोइराला , रामकृष्ण अर्याल
इन्दिरा केसी, सुनिता उच्चै, नसिब्दिन मिया लगायतका नेता तथा कार्यकर्ताहरूले आफ्नो बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल र प्रमुख गोविन्द कुमार कर्माचार्यले सम्मान तथा बधाइका निम्ति पार्टीलाई धन्यवाद व्यक्त गर्दै जनचाहना अनिरूप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।नगरको समृद्धि र विकासको लागि सबै एकजुट भएर लाग्नुपर्ने उहाँहरूको धारणा थियो।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख पूर्व सांसद एवं पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीले विधिको शासन कायम गर्दै जनताको भावना बुझेर काम गर्न,शासकीय सोच र शैली त्यागेर जनसेवक बनेर गरीब किसानको मर्म र भावना बुझेर योजना बनाउन नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सुझाव दिनुभएको थियो।