कान्तिपुरकर्मी लामिछानेलाई पत्रकार डोटेलको धम्की 

पुष २९, २०८०


२९ पुस २०८०, आइतबार

स्याङ्जाका कान्तिपुरकर्मी तथा प्रेस चौतारी गण्डकी प्रदेशका सदस्य रोशन लामिछाने माथी पत्रकार प्रकाश डोटेलले फोनमार्फत  धम्की दिएका छन् । शनिवार राति १० बजे फोन मार्फत डोटेलले सदरमुकाम स्याङ्जाकोबिच सडकमा कुटपिट गर्ने धम्की दिएका हुन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सदस्य समेत रहेका डोटेलले पत्रकार महासंघमा पत्रकार लामिछानेले आफू विरूद्ध उजुरी गरेकाले धम्काएको संचार माध्यममा आएको अडियो रेकर्डबाट बुझ्न सकिन्छ। पत्रकार महासंघ स्याङ्जाका   पूर्व अध्यक्ष समेत रहेका डोटेलले मध्यरातमा फोन गरि धम्काएपछि लामिछानेले आफू असुरक्षित भएको भन्दै  सुरक्षाको माग गरेका छन् ।

पत्रकार डोटेलले रुखकटान र गोलियामा परिणत गरेबापत वन ऐन २०४९ को दफा ४९ (ण) को कसुरमा ऐनको दफा ५० (१) (ञ) बमोजिम जरिवाना गर्ने गरी जिल्ला अदालतले फैसला गरेको थियो । सोही विषयलाई लिएर अदालतले दोषी ठहर गरेका व्यक्ती पत्रकार हुन नमिल्ने उजुरी पर्दै आएको थियो ।

यसै विषयलाई लिएर नेपाल पत्रकार महासंघमा मेरो विरुद्ध उजुरी हाल्ने तँ हैन प्रकाश डोटेललाई चिनेको छस् भन्दै धम्की दिएको अडियोमा सुन्न सकिन्छ ।

‘हैर्दै जा तेरो साइन मसँगछ , तेरो लागि दुर्भाग्य हुन्छ । मैले बजाँए भने गाह्रो नमान् है ,’डाटेल बोलेको अडियोमा सार्वजनिक भएको छ । लामिछानेले आफ्नो ज्यानको सुरक्षा पाउँ भनी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा निवेदन दिएको छन् ।

प्रेस चौतारी स्याङ्जाले लामिछानेलाई दिइएको धम्कीप्रती संगठनको गम्भीर ध्यानाकर्षण भन्दै विज्ञप्ति जारी गरेको छ। प्रेस चौतारी स्याङ्जाका अध्यक्ष हरिप्रसाद सुवेदीले  पत्रकारबाट पत्रकार नै असुरक्षित हुनु गम्भीर चुनौती भएको भन्दै दोषी उपर कडा कारबाही गर्नुपर्ने बताएका छ्न्।