बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता
स्मार्ट सम्बाददाता,,वालिङ
२९ भाद्र २०८०
बाल दिवसको अवसरमा स्याङ्जाको वालिङ नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहरुको बीचमा प्रतियोगितासम्पन्न गरिएको हो ।‘सुनिश्चित बाल अधिकारः शिक्षा विकासको
आधार’ भन्ने शीर्षकमा प्रतियोगिता सम्पन्न गरिएको हो ।
कार्यक्रममा वालिङ नगरपालिका नगर प्रमुख कृष्ण खाँणले बालबालिका देशकाकर्णधार भएको बताउँदै बालविकासको लागि नगरले विशेष योजना तर्जुमा गरेको बताए l बालबालिकामा गरिएको लगानी सफल सावितहुने विश्वास व्यक्त गर्दै नगर प्रमख खाँणले बालअधिकारको सुनिश्चितता गर्दै बालमैत्री नगर निर्माणमा नगरपालिकाले आवश्यक सम्पुर्ण कदमहरु
चालेको जानकारी दिए l
कार्यक्रममा नगर उप प्रमुख कविता तिवारी गैह्रेले समाज र देश निर्माणको लागि सक्षम नागरिकनिर्माणको लागि सुरुवातको चरण बालबालिका नै भएकोमा कुनै सन्देहनरहेको स्पष्ट पारेकी थिइन् l नगरले विद्यार्थीको क्षमता अभिवृद्धिको लागि आयोजना गरेका हरेककार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण विद्यालयहरुलाई आग्रह गर्दै उप प्रमुख गैह्रेले अभिबावाकहरूले पनि घरमा आफ्ना बालबालिकाहरुको लागि बालमैत्री वातावरण निर्माण गर्नुपर्ने बताइन् l
प्रतियोगितामा वालिङका १८ वटा विद्यालयहरुका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएकोथियो । प्रतियोगितामा उपल्लो पेखुका छात्रा सजना थापा प्रथम, जनहितमा.वि.का पूजा तिवारी द्वितिय,पिसजोन इन्टिग्रेटेड एकेडेमीका सचिनाचापागाई तृतिय तथा वालिङ बहुमुखी क्याम्पसका सुस्मिता नेपाली सान्त्वना
भएका थिए ।