स्मार्ट अखबार संवाददाता
२५ भाद्र २०७९

गण्डकी प्रदेशको उत्कृष्ट १ सय गन्तव्यमा सूचिकृत स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल छाँयाक्षेत्र धामको व्यवस्थापकीय नेतृत्व समालेको संस्था छाँयाक्षेत्र सेवा समितिको अध्यक्षमा पुन: पिताम्बर श्रेष्ठ निर्वाचित हुनुभएको छ। उहाँ सोही पदमा तेस्रो कार्यकालका लागि निर्वाचित  हुनुभएको हो। छाँयाक्षेत्र सेवा समितिको २४ औं साधारणसभा एवं १० औं अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा खेमबहादुर थापा र लक्ष्मी थापा सचिवमा कृष्ण श्रेष्ठ , सहसचिवमा शोभाकान्त पौडेल , कोषाध्यक्षमा गोकुल अधिकारीमा निर्वाचित हुनुभएको छ।सदस्यहरूमा नर बहादुर थापा, बिजुली प्रसाद श्रेष्ठ, चक्र बन्धु रेग्मी, दिल बहादुर सुनार, गुप्तनारायण श्रेष्ठ, प्रेम बहादुर थापा, लिला के.सी., बाबुराम अर्याल, अरूण श्रेष्ठ , हेमलाल अर्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश शिक्षा,विज्ञान प्रविधी तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले धार्मिक सहिष्णुता नै नेपाल र नेपालीको पहिचान भएको बताउनुभयो। छाँयाक्षेत्रको प्रबर्धन र विकासका लागि प्रदेश सरकारले पनि सक्दो सहयोग गरिरहेको जानकारी दिनुभयो। छाँयाक्षेत्रको धार्मिक, पौराणिक र पर्यटकीय महत्व उजागर गर्न र यस क्षेत्रको व्यवस्थित विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, पायोनियर हाइएर एजुकेशन एकेडेमीका प्रिन्सिपल मेघराज गैह्रे, पत्रकार महासंघका पूर्व अध्यक्ष ओम प्रकाश शर्मा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी., भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइराला, समाजसेवी मीन प्रसाद कोइराला, समाजसेवी याम प्रसाद अधिकारी (लक्ष्मण), भीरकोट नगरपालिकाका नगर प्रवक्ता दिपेन्द्र के.सी., प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल, भीरकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख छायाराम खनाल, नगर प्रमुख गोबिन्द कुमार कर्माचार्य, राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले छाँयाक्षेत्र मन्दिरको धार्मिक र पौराणिक महत्व एकदमै उच्च रहेकाले यसको संरक्षण, विकास र प्रबर्द्धनमा लागि पर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले छाँयाक्षेत्र मन्दिरको विकास र प्रचारप्रसारका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। छाँयाक्षेत्र मन्दिरको महत्व उजागर गर्न र विकास गर्नका लागि सरोकारवाला सबैलाई सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
<