चापाकोट नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक

असार १०, २०७९


स्याङ्जा- चापाकोट नगरपालिकाले ११ औँ नगरसभामाआर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । विनियोजन बजेट मध्ये सबैभन्दा धेरै पुर्वाधार विकास तर्फ ५ करोड १९ लाख ७ हजार ३ सय र सबैभन्दा कम सुशासन तर्फ ७७ लाख ९५ हजार ३ सय विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटको चालु खर्च तर्फ ४० करोड ५३ लाख ५२ हजार र पुँजीगत तर्फ २० करोड ८१ लाख २६ हजार विनियोजन गरिएको छ । नगरपालिकाले २०७९/८०  को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय, प्रदेश र स्थानीय सरकारको गरी कुल ६१ करोड ३४ लाख ७८ हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेको हो ।

नगरपालिकाको ११ औँ नगरसभाले स्वीकृत गरेको नीति कार्यक्रममा पुर्वाधार विकास तर्फ ५ करोड १९ लाख ७ हजार ३ सय, सामाजिक विकास तर्फ ४ करोड १९ लाख २४ हजार ८ सय, आर्थिक विकास तर्फ १ करोड ५४ लाख ४७ हजार ८ सय, वित्तीय पारदर्शिता र सुशासन तर्फ ७७ लाख ९५ हजार ३ सय, वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ३ लाख ३० हजार ८ सय, समपुरक तर्फ २ करोड ५० लाख  अनुदान, राजश्व बाडँफाँड लगायत अन्य सम्पूर्ण खर्च संघीय सरकार, प्रदेश सरकारले तोके अनुसार रकम रु ४६ करोड १० लाख ७२ हजार गरी कुल बजेट ६१ करोड ३४ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।



चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा कुल विनियोजनको ५६.७८ प्रतिशत बजेट खर्च भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ९.९३ प्रतिशतले बढी हुन आउँछ।