स्मार्ट अखबार संवाददाता
२७ साउन २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तन सम्भव भएको र आगामी मंसिर ४ गते जनताले परिवर्तनको पक्षमा मतदान गर्ने बताउनुभएको छ। नवलपुर जिल्लाकाे जिल्ला भेलालाई सम्बाेधन गर्दै सभापति लामिछानेले उक्त कुरा उद्घाेष गर्नुभएको हो । उहाँले भन्नुभयो, ” पुराना राजनीतिक दलहरुका कारण नेपाली जनताहरु वाक्क छन् । हामी भ्रष्टाचार , वेथिति, ज्यादतीका विरुद्धमा लागेका छाैँ । परिवर्तन असम्भव होइन, अब तपाईंको मंसिर ४ गतेकाे मतदानले सम्भव हुनेछ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीकाे सरकार आएपछि नेपालकाे शिक्षा पद्धति , स्वास्थ्य सेवा, सरकारी कार्यालय लगायतका क्षेत्रमा भएका वेथितीहरुकाे अन्त्य हुने समेत उहाँको दाबी छ।पुराना राजनीतिक दलहरूले जनताका पक्षमा काम गर्न सकेको भए हामी विभिन्न पेशा व्यवसाय गरेका व्यक्तिहरु राजनीतिमा आउन जरुरी नभएको समेत उहाँको भनाइ थियो । नेपालकाे राजनीतिमा काम गर्न नसक्नेहरु सत्तामा पुगेको र सक्षम मान्छे घरमै बसेकाे टिप्पणी टिप्पणी गर्दै लामिछानेले भन्नुभयो , “असक्षम व्यक्तिको राजनीतिले देशको यो हालत भएको हो , तपाईं हामी सक्षमहरु घरमै बस्यौं, उनीहरुले आँफु र आफ्नाका लागि मात्र गरे, जनताका लागि गरेनन् । अब आउनुस् देश निर्माणमा काँधमा काँध मिलाएर हिँडाै। निस्वार्थ नेतृत्व लिएर देशका लागि केही गर्नुपर्ने बेला आएकाे छ ।”
गण्डकी प्रदेश समितिकाे आयाेजनामा भएको भेलामा गण्डकी प्रदेश सभापति डा. ढाका कुमार श्रेष्ठले गण्डकी प्रदेशबासी सम्पूर्ण जनतालाई निशुल्क स्वास्थ्य र शिक्षाको अवधारणा पार्टीले ल्याएको जानकारी गराउनुभयो।
भेलामा केन्द्रीय सदस्य डिपी अर्याल , हाजि ईसरमुल्ला मियाँ , गण्डकी प्रदेश समिति सदस्य माधव प्रसाद कँडेल , अशाेक खड्का , श्याम सुनार, पाेखरा महानगर सभापति नारायण प्रसाद आचार्य लगाएतले बाेल्नुभएको थियो । गण्डकी प्रदेश सदस्य तथा सूचना विभाग प्रमुख बाेधराज रेग्मीले संचालन गर्नुभएको जिल्ला कार्यसमिति गठन कार्यक्रममा नरिश्वर लामिछानेको सभापतित्वमा जिल्ला समिति र जिल्लाका आठ ओटै पालिकामा समिति गठन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारका लागि देश दाैडाहमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here