निजामती कर्मचारी युनियनको भित्तेपात्रो विमोचन

बैशाख ०२, २०७९


२ वैशाख २०७९

निजामती कर्मचारी युनियन स्याङ्जाद्वारा प्रकाशित नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ।जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सभाहलमा आयोजित कार्यक्रममा स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले विमोचन गर्नुभएको हो।निजामती कर्मचारी युनियन स्याङ्जाका अध्यक्ष ज्ञानप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निजामती युनियनमा आवद्ध ५० भन्दा बढी कर्मचारीहरूको संलग्नता रहेको थियो।महाधिवेशन प्रतिनिधि बिनोद रेग्मीको स्वागत सँगै सुरू भएको कार्यक्रममा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष इश्वरी प्रसाद अर्याल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र युनियनका जिल्ला अध्यक्ष ज्ञान प्रसाद अर्यालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। जिल्ला कार्यसमितिका उपाध्यक्ष पुरुषोत्तम कोइरालाले संचालन गर्नुभएको कार्यक्रममा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो।