स्याङ्जाका ३१ सडकको बजेट कटौती
आश्विन ०९, भीरकोट खबर डेस्क,
शेर बहाउर देउवा नेतृत्वको गठबन्धन सरकारले बजेट अभाव भएको भन्दै स्याङ्जाका ३१ सडकको बजेट कटौती/खारेजी गरेको छ । के.पि. शर्मा वलि नेतृत्वको अघिल्लो सरकारले सडकको स्तरोउन्नति गर्ने र सडक पूर्वाधार निर्माण गर्ने गरि योजना तयार पारेको थियो । तत्कालीन प्रधानमन्त्री ओलिले सडक पूर्वाधार कार्यक्रमतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमा निर्माण हुने १४ सय १० वटा सडक रणनीतिक महत्वका सडक शिलान्यास गरेका थिए। नयाँ सरकार बनेपछि अघिको सरकारले ल्याएको बजेटमा संशोधन गर्दै प्रतिस्थापन विधेक ल्याएको थियो। अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा आर्थिक र प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका सडक योजना भन्दै प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने गरि स्याङ्जाको ३१ वटा सडक निर्माण खारेजी गरेको छ।
खारेजीमा परेका सडकहरू:
१. उत्तर दक्षिण लोकमार्गकाे कालिगण्डकी करिडोर अन्तर्गत स्याङ्जा जिल्ला सेतीवेणी आँधीखोला स्याङ्जा जिल्ला सेतीवेणी आँधीखोला खण्डका सडक, स्याङ्जाः रु. २४०० (रकम हजारमा)
२. स्याङ्जा मिर्दी-स्वरेक मैदान-सिरकोट-डुम्रेभन्ज्याङ-काउले तथा काेखे हुँदै सेतीवेणी (पर्वत) र गुल्मी पुर्तीघाट सडक, स्याङ्जाः रु. २४०० (रकम हजारमा)
३. घुम्तीचिसापानी चित्रे भन्ज्याङ् भिमाद सडक स्याङ्जा सडक, स्याङ्जाः रु. २४०० (रकम हजारमा)
४. गायकटाेल सातुपसल नहारभन्ज्याङ्ग अर्जुनचौपारी रापाकाेट घण्टे ठानमाैला फलेवास सडक, स्याङ्जाः रु. रु. २४०० (रकम हजारमा)
५. मिर्दी भिमाद राताे पहरादेखि दार्सिङ खण्ड, स्याङ्जाः रु. २४०० (रकम हजारमा)
६. ज्याग्दी करिडोर, स्याङ्जाः रु. २४०० (रकम हजारमा)
७. मिर्दि भिमाद सडक, स्याङ्जाः रु. २४०० (रकम हजारमा)
८. भुम्रे अर्चलेबाेट-तमादी-डुम्रे भन्ज्याङ्-बानीडाँडा हुँदै सेतीवेणी-गुल्मीः रु. २४०० (रकम हजारमा)
९. गल्याङ रुद्रवेनी खण्डकाे विर्घा भुस्टुङ्गः रु. २४०० (रकम हजारमा)
१०. बयरघारी-ढापुक-पर्वत-पुर्तीघाट सडकः रु. २४०० (रकम हजारमा)
११. हेलु-अर्जुनचाैपारी-रापाकाेट-छारे पर्वत सडकः रु. २४०० (रकम हजारमा)
१२. कालिगण्डकी लाेकमार्ग (घुमाउने दक-माझफाँट-कुश्मा-मिर्मी-चापाकाेट-देवघाट-त्रिवेणी) भारतीय सिमाना जोड्ने सडकः रु. २४०० (रकम हजारमा)
१३. गल्याङ्ग-चापाकाेट सडक स्तरोन्नतीः रु. २४०० (रकम हजारमा)
१४. गल्याङ्ग बज्रे तिनदोबाटाे खस्कुना पकवादी चापाकाेट सडक, स्याङ्जाः रु. २४०० (रकम हजारमा)
१५. आँधीखाेला करिडोर स्याङ्जाः रु. २४०० (रकम हजारमा)
१६. स्याङ्जा जिल्लाकाे पुतलीबजार नगरपालिका ३ मा अवस्थित सामाग्रीचाेक इन्द्रेस रानीस्वाँरा नुवाकाेट पर्यटकीय सडक लगभग ७ किमी सडक कालाेपत्रेः रु. २४०० (रकम हजारमा)
१७. भकुन्डे ध्याङखाेला स्वर्गआश्रम वालिङ सडक, स्याङ्जाः रु. २४०० (रकम हजारमा)
१८. राङखाेला विरुवा सिद्धार्थ राजमार्गबाट गाउँपालिकाकाे केन्द्र जोड्ने कालाेपत्र गर्नेः रु. २४०० (रकम हजारमा)
१९. किसान सातेबाटाे आँधीघाट बर्दले कालिगण्डकी पक्की पुलसम्म चापाकाेट नगरपालिका १० स्याङ्जाः रु. २४०० (रकम हजारमा)
२०. तीनदाेबाटे चितडाँडा साङलिया मैदान पाल्पा, रामपुर सडकः रु. २४०० (रकम हजारमा)
२१. बयरघारी सुन्दरबजार माेहनडाँडा ठूलीभन्ज्याङ हातेमालाे चाेक, पर्वतः रु. २४०० (रकम हजारमा)
२२. पुतलीखेत कार्कीनेटा कुस्मा सडकः रु. २४०० (रकम हजारमा)
२३. फुटेकाे ढुंगा बाेडी गाउँ जिम्बाल गाउँ चाप्रक सडक, स्याङ्जाः रु. २४०० (रकम हजारमा)
२४. पुतलीबजार नगरपालिका ८ स्थित दयाङदी- अर्झङ- कैलाश गुफा चण्डी डाँडा काउले सडकः रु. २४०० (रकम हजारमा)
२५. धनुवाँसे स्वास्थ्य चौकीदेखि खरिबाेट हुँदै धाैखाेला सडक, वालिङ २ स्याङ्जाः रु. २४०० (रकम हजारमा)
२६. फुलबारी खहरे रिमल्वारा श्रवणकुमार सडक, आँधीखाेला ३, ४ः रु. २४०० (रकम हजारमा)
२७. बयरघारी ढापुक सडक, स्याङ्जाः रु. २४०० (रकम हजारमा)
२८. वालिङ काफल डाँडा गह्रौं सुर सडकः रु. २४०० (रकम हजारमा)
२९. नाैडाँडा अधिकारी गाउँ कार्की टहरा सडकः रु. २४०० (रकम हजारमा)
३०. काफलडाँडा अधमारा वालिङ नगरपालिका स्याङ्जाः रु. २४०० (रकम हजारमा)
३१. त्रियासी रन्ते एलादी शहरी सडक, स्याङ्जाः रु. २४०० (रकम हजारमा)