आज  बुद्ध जयन्ती

जेठ १०, २०८१


आज शान्तिका अग्रदूत एवं बुद्ध धर्मका भगवानका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्ती अर्थात बुद्ध जयन्ती देशभर मनाइदै छ।

 २५६८ बुद्ध औँ जयन्ती   बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।बुद्धलाई भगवान विष्णुको नवौं अवतारका रूपमा लिइन्छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । बुद्धले  विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिसाथ बुद्धजयन्ती मनाउने गर्दछन् । “अहिंसा र शान्ति ” का प्रतीक बुद्धको २५६८ औँ जयन्ती विश्व  शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

बौद्ध धर्मावलम्बीहरूले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परागत रूपमा बुद्धको पूजा गरेर बुद्ध जयन्ती मनाउने गर्दछ्न्।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका धार्मिक स्थलहरूमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर  २९ वर्षको उमेरमा दरबार छोडी ज्ञानको खोजीमा निस्किएका थिए ।



तपस्याका क्रममा बुद्धलाई सम्यक् सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे । संसारभर भगवान् बुद्ध भनी कहलिए । बुद्ध धर्म  अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन सर्वव्यापी दर्शन हो।

विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौँंथौ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलङ्का, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया लगायतका देशमा फैलिएका छन्।