बिपिसिको महसुल वृद्धिले ४० हजार उपभोक्ता मारमा

जेठ ११, २०८१     हिमाल न्यौपाने


बिपिसिले गरेको विद्युत महसुल वृद्धिको विरोध र गुणस्तर सुधार गर्न दबाब दिंदै भीरकोट उद्योग वाणिज्य संघका पदाधिकारीहरू

नेपालमा सबैभन्दा सस्तो महशुल उठाउदै आएको बुटवल पावर कम्पनीलाई पछिल्लो समय बिद्युत नियमन आयोगले ४५ प्रतिशत विद्युत महशुल बढाउने अनुमती दिएसँगै बुटवल पावर कम्पनीको एकतर्फी महशुल बृद्धिगर्ने निर्णयले करीब ४० हजार ग्राहक संख्या मारमा पर्ने भएका हुुन् ।

महशुल बृद्धिपछि उपभोक्ताले पुरानो महशुलमा प्रति युनिट झण्डै ३ रुपैयाका दरले बृद्धि गरिएको महशुल बुझाउनु पर्ने छ । समग्रमा ५ रुपैयाँ ९८ पैसा प्रति युनिट तिर्दै आएका उपभोक्ताले अब भने ८ रुपैयाँ ९८ पैसा महशुलको मारमा पर्ने देखिएको छ ।

एकतर्फीरुपले विद्युत महशुल बृद्धिगर्ने निर्णय प्रति स्याङ्जाका ७ राजनीतिकदलले बीपीसी र विद्युत नियमन आयोगलाई पहिलो चरणको आन्दोलन शुरु भएको बुटवल पावर कम्पनीको आँधीखोला विद्युत वितरण कार्यालय वालिङमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

तर पछिल्लो समय आयोगले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा भने कम्पनीले विद्युत महशुल बृद्धि नगर्ने, थप गुणस्तरीय सेवा बनाउदै लैजाने महशुल बृद्धि गर्नुपरेमा उपभोक्तासगँ समन्वय गर्ने भनिएतापनि उक्त बिषयलाई वेवास्ता गरेको र आम उपभोक्तालाई प्रभावित बनाउने गरी गरिएको महशुल बृद्धि तुरुन्तै खारेज गर्न माग गरिएको छ ।