प्रदेश सरकारद्वारा भीरकोटको सडक स्तरोन्नतिका लागि ४ करोड विनियोजन

भदौ ०९, २०७९


स्मार्ट अखबार संवाददाता, स्याङ्जा
२०७९ भदौ ०९

भीरकोट नगरपालिकाको सडक स्तरोन्नतिको लागि प्रदेश सरकारले करिब ४ करोड रूपैयाँ विनियोजन गरेको छ। बयरघारी – बानेथोक सडकको लागि १ करोड ९९ लाख र छाङ्छाङ्दी- केघा- रानीपोखरी सडकको लागि १ करोड ९९ लाख रूपैयाँ विनियोजन गरेको प्रदेश सरकार शिक्षा मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिनुभयो ।