भीरकोट आइडल असोज १ गतेदेखी सूचारू हुने

भदौ ३१, २०७८


भाद्र ३१, भीरकोट खबर डेस्क,

“भीरकोटको शान, कला र गलाको सम्मान” भन्ने मूल मन्त्र सहित सुरू गरिएको गायन प्रतिभाको खोजी गर्ने कार्यक्रम Bheerkot Idol असोजदेखि पुन: सूचारू हुने भएको छ । कोरोना महामारीको कारण स्थगित भएको कार्यक्रम स्वास्थ्य जोखिमको अवस्था कम हुँदै गएकाले छिट्टै सुचारू हुने भएको हो । भीरकोट नगरपालिका भित्र लुकेका गायन प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले खिलुङ्ग कालिका म्युजिकद्वारा आयोजित कार्यक्रमले प्रिअडिसन राउण्डरू सम्पन्न गरेसकेको थियो । छनोट भैसकेका ८३ जना प्रतियोगीहरूलाई असोज एक गते सम्राट सदनमा उपस्थित भई आफ्नो अगाडिको यात्रा जारी राख्न समेत अनुरोध गरिएको छ।असोज ८ गतेदेखि दर्शककै उपस्थितिमा प्रतियोगीहरूले आफ्नो गायन प्रस्तुति दिने आयोजकले जनाएको छ ।

बालमैत्री भीरकोट नगरपालिका मुख्य प्रायोजक रहेको यो कार्यक्रमका विजेताहरूको लागि प्रथम र द्वितीय पुरस्कारको प्रायोजन पुन रेकर्डिङ्ग स्टुडियो, पोखराले गरेको छ भने तृतीय पुरस्कारको प्रायोजन मदन एन्ड सन्स फर्निचरका संचालक सन्दिप के.सि.ले गर्नुभएको छ।नेपाली कांग्रेस भीरकोटका वर्तमान नगर सभापति तोयनाथ अर्यालले कार्यक्रमको ब्यानर निर्माणमा सहयोग गर्नुभएको छ । यसैगरी ओरेन्ज ट्री रेष्टुरेन्ट सुम्रेखोला, स्याङ्गजाले पम्पेलेट छपाइमा सहयोग गरेको छ ।कार्यक्रम संचालनका लागि सम्राट सदन, बयरघारीले हल प्रदान गरि सहयोग गरेको छ । भीरकोटका शुभलक्ष्मी बचत तथा ऋण सहकारी, दर्लामी रेस्टुरेन्ट, गुरूङ फेन्सीले कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गरेका छ्न् । अर्याल मिस्ठान्न स्याङ्गजाको समेत सहयोग पाएको यो कार्यक्रममा एन्जल कोरियन स्कुल, पोखरा र बालोदय माध्यमिक विद्यालय, सुन्दरबजारले पनि शैक्षिक सहयोगीको भूमिका निर्वाह गरेका छ्न् । मिडिया सहयोगीका रूपमा स्याङ्गजा एफएम 89.6, स्याङ्गजा, वालिङ्ग टेलिभिजन, वालिङ्ग रेडियो आँधिखोला 105.4, वालिङ्ग, आँधिखोला एक्सप्रेस र भीरकोट खबरले सहकार्य गर्ने आयोजकले जनाएको छ । स्थानीय कार्यक्रम भएपनि क्षमतावान राष्ट्रिय स्तरको प्रतिभा छनोट गर्ने उद्देश्य राखेको यो कार्यक्रमले सम्पूर्ण सहयोगी संघ संस्था तथा व्यक्तिहरूलाई धन्यवाद दिंदै थप सहयोगको अपेक्षा पनि गरेको छ । भीरकोट आइडलमा आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरुले आयोजकको नेपाल बैंक लिमिटेडमा रहेको खाता नं. 07200106976689000001 मा रकम जम्मा गर्न सकिने जनाइएको छ । आर्थिक सहयोग गर्ने सबैलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ ।