भदौ २८, भीरकोट खबर डेस्क,

भीरकोट नगरपालिका वडा नं ४ का नेपाली काङ्ग्रेसका नवनिर्वाचित वडा सभापति रत्न प्रकाश श्रेष्ठ र स्कुल अफ डेमोक्रेसी भीरकोटका अध्यक्ष रूद्र ढुंगानाले संयुक्त रूपमा दभुङ स्थित छाङ्छाङ्दी स्वास्थ्य चौकीमा कोरोना महामारी विरूद्ध लड्न अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू प्रदान गर्नुभएको छ। समाज सेवा र राजनीतिलाई सँगै डोर्‍याउन रूचाउने श्रेष्ठ नेपाली काङ्ग्रेस भीरकोट ४ का महाधिवेशन प्रतिनिधि समेत हुन्। यसै गरी स्कुल अफ डेमोक्रेसी स्याङ्जाले संचालन गरेको गरिब तथा विपन्न वर्ग लक्षित निशुल्क एम्बुलेन्स सेवामा भीरकोटबाट संयोजकीय भूमिकामा सक्रिय ढुंगानाले पनि समाज सेवामा निकै रुचि राख्नुहुन्छ।निज द्वयले १ प्याकेट ग्लोब्स,४प्याकेट मास्क,४ बोटल स्यानिटाइजर गरी करिब रू. ५,००० बराबरको स्वास्थ्य सामाग्री छाङ्छाङ्दी स्वास्थ्य चौकी प्रमुख सुरज बस्नेतलाई हस्तान्तरण गर्नुभएको हो।स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै स्कुल अफ डेमोक्रेसी भीरकोट अध्यक्ष रूद्र ढुंगानाले महामारी अझै नहराइसकेको हुँदा मास्क लगाउन अत्यावश्यक भएको कुरामा जोड दिनुभएको थियो। गाउँघरमा अझै पनि वृद्ध बा आमाहरुले माक्स लगाउन गाह्रो मान्ने र बजार जाँदा समेत मास्क नलगाउने गर्दछ्न्। स्वास्थ्य चौकी प्रमुख
बस्नेतले महामारी विरूद्ध लड्नका लागि स्वास्थ्य संस्था सँग सहकार्य गर्दै स्वास्थ्य सामाग्री प्रदान गर्नुभएकोमा ढुंगाना र श्रेष्ठलाई विशेष धन्यवाद दिनुभएको थियो। कोरोना सङ्क्रमण भै यातायात सुविधाको समस्या भएका भीरकोट बासीले स्कुल अफ डेमोक्रेसीका अध्यक्ष ढुंगानालाई 9856018189 सम्पर्क गरी निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here