मृत्युपछि पार्टीको झण्डा ओडाउन नपाइने
स्मार्ट अखबार संवाददाता , ६ बैशाख २०७९
बिरामी पर्दा, हातमुख जोर्न गाह्रो हुँदा वा अन्य जनजीविकाका समस्या हुँदा मतलब नराख्ने राजनीतिक दलका नेताहरू गाउँठाउँमा कोही कसैको मृत्यु भएको खबर पाउनासाथ पार्टीको झण्डा बोकेर पुगीहाल्छ्न्। अनि लासमा झण्डा ओडाउन तँछाड मछाड गर्छ्न्। यो चलन सम्भवत सबै ठाउँमा भैरहेको हुनाले नौलो पनि छैन। कतिपय ठाउँमा कुन पार्टीको झण्डा ओडाउने भन्ने विषयमा विवाद र झडप पनि हुने गर्दछ।
तर पर्वत जिल्लाको बिहादी गाउँपालिकामा भने यो भन्दा फरक दृश्य देख्न पाइन्छ।मान्छेको लासमाथि राजनीति गर्ने गलत परम्परालाई तोड्दै बिहादी गाउँपालिकामा बस्ने भट्टराईहरूले परिवारका सदस्यहरूको मृत्यु हँदा कुनै पनि हालतमा कुनैपनि राजनीतिक दलको झण्डा ओडाउन नपाइने निर्णय गरेका छ्न्।पालिकामा बसोबास गर्ने र बसाइँसराइ गरि अन्यत्र गएका भट्टराई वंशका सन्ततिहरूको भट्टराईहरूको पुर्ख्यौली थलो वडा नं ६ को हनुमानडाँडामा बसेको बैठकले सो निर्णय गरेको हरि भट्टराईले जानकारी दिनुभयो। बिहादी गाउँपालिकाका भट्टराईहरूले गरेको यो क्रान्तिकारी निर्णयले गाउँमा सकारात्मक परिवर्तन आएको र यो निर्णयले सबै खुसी रहेको खेमप्रसाद भट्टराईले जानकारी दिनुभयो।