भविश्वर कोइरालाद्वारा प्रदेश उपसभापतिमा उम्मेद्वारी

मङि्सर ०१, २०७८


म‌ंसिर १, भीरकोट खबर



स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं २ प्रदेश सभा “क” मा प्रदेश उपसभापतिमा उम्मेदवारी दिनुभएका भीरकोट- ७ निवासी भविश्वर कोइराला नेपाली काङ्ग्रेस पार्टीका बफादार नेता हुनुहुन्छ। पन्चायत विरूद्धको २०४६ सालको आन्दोलनमा समेत विद्यार्थीकालमै दहथुम स्कुल देखि सहभागी बन्नुभएका कोइराला माओवादी द्वन्द्व कालमा पनि पार्टी प्रती पूर्ण बफादार रहि निडर रुपमा पार्टी संगठन निर्माणमा लागि पर्नुभएको थियो।



पार्टी संगठनलाई जीवन्त राख्न उल्लेखनीय योगदान पुर्याउनु भएका कोइराला १२ औं महाअधिवेसनमा भीरकोट वडा नं ७ को वडा उपसभापतिमा निर्विरोध निर्वाचित हुनुभएको थियो। १३ औं महाधिवेशनमा सोही वडाको सभापतिमा निर्विरोध निर्वाचित हुनुभएका कोइराला भीरकोटका विभिन्न सामाजिक संघ सस्थामा नेतृत्वदायी भूमिकामा हुनुहुन्छ। किसानको लागि बाँदर धपाउने बन्दुक निर्माण गरि देशै भरी वितरण गरेर चर्चामा आउनुभएका कोइराला हार्डवयर व्यवसायी समेत हुनुहुन्छ।

उहाँले गुट र टुटफुट रहित काङ्ग्रेसको निर्माणका लागि आफ्नो उम्मेदवारी दिएको बताउनुभएको छ। सबै अट्ने र सबैको अपनत्व हुने सङ्गठन निर्माण गर्ने अभियानमा रहेको बताउँदै उहाँले विगतमा गुमेका संघीय क्षेत्र २ र प्रदेशमा पार्टीको विजय सुनिश्चितताको लागि उम्मेदवारी घोषणा गरेको दाबी गर्नुभएको छ।