नेपालगञ्ज ।

बागेश्वरी असल शासन बास स्याङ्जा शाखा उत्कृष्ट शाखा घोषित भएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा आयोजित भ्रष्ट्राचारविरुद्धको सम्मेलनमा सो घोषणा गरिएको हो । बासको २० औँ वार्षिकोत्सव तथा भ्रष्टाचारविरुद्धको सम्मेलनका अवसरमा स्याङ्जासहित रुपन्देही र बाँके शाखा उत्कृष्ट शाखा घोषित भएका हुन् । वर्षभरी भ्रष्ट्राचारविरुद्धका कार्यक्रमहरु र तीनका उपलब्धीका आधारमा बास स्याङ्जा शाखा तृतिय, बास रुपन्देही शाखा द्धितिय र बास बाँके शाखा प्रथम भएका छन् । हरेक वर्ष कार्यसम्पादनका आधारमा उत्कृष्ट शाखा छनौट गरी प्रोत्साहन गरिँदै आएको छनौट समितिकी संयोजक दिला शाहले जानकारी दिनुभयो ।

स्थानीय तहसँग मिलेर जिल्लामा भ्रष्ट्राचार न्युनिकरणका लागि सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सुशासन तथा चेतना अभिवृद्धी, विद्यार्थी जागरण तथा अन्तरक्रियाजस्ता कार्यक्रम बास स्याङ्जा शाखाले वार्षिक रुपमा आयोजना गर्दै आएको शाखाका अध्यक्ष एवं गण्डकी प्रदेश संयोजक चुत्रबहादुर महतले बताउनुभयो ।

२०७१ सालमा जिल्लामा गठन भएको बासले भ्रष्टाचारविरुद्ध, लागुऔषधविरुद्ध र विभिन्न सामाजिक चेतनाका क्षेत्रमा कार्यक्रम गर्दै आएको छ ।

बाँकेको नेपालगञ्जमा जारी वार्षिकोत्सव तथा भ्रष्टाचारविरुद्धको सम्मेलनमा पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सम्बोधन गर्दै भ्रष्टाचार न्युनीकरणका लागि युवाक्षेत्रले सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । उत्कृष्ट शाखाहरुलाई सम्मानपत्र हस्तान्तरण गर्दै बास्कोटाले सम्मानित जिल्ला शाखाबाट अन्यले पनि जागरण कार्यक्रमलाई तिव्रता दिनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here