१ हजार ७ सय बङ्गुरका पाठापाठी वितरण

फागुन ०५, २०७८


५ फागुन २०७८
गल्याङ नगरपालिकाले व्यवसायिक बङ्गुर पालन गर्न चाहने कृषकहरूलाई १ हजार ७ सय बङ्गुरका पाठापाठी वितरण गरेको छ। गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले नगरपालिकाले कृषकहरूलाई व्यवसायिक उत्पादनका लागि आवश्यक पर्ने सबै प्रकारका सहयोग गर्न तयार रहेको बताउनुभएको छ । नगर प्रमुख अधिकारीले थप्नुभयो, “ढुक्क भएर सकेजती उत्पादन गर्नुस, बिक्रीको ग्यारेण्टी नगरपालिकाले लिन्छ।”

उहाँले अहिले वितरण गरिएको पाठापाठीबाट अर्को वर्षमा दश हजार पाठापाठी र तीन करोडको मासु उत्पादन हुने तथा दुई वर्षमा दुई अर्बको बंगुरको मासु र पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो। भविष्यमा पोखरा तथा बुटवलमा सहकारी मार्फत आफ्नै कोल्ड स्टोर स्थापना गरी विक्रीको व्यवस्थापन गर्न सकिने र चीनमा निर्यात गर्न पनि आफुले पहल गरिसकेको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो।