स्मार्ट अखबार संवाददाता
१ असोज २०७९

स्वरोजगारीको अवसर सृजना गरी जनताको आर्थिक स्तर उकास्न भीरकोटमा युवाहरूलाई बाँसका सामाग्री बनाउने तालिम दिइएको छ। नगरपालिकामा सञ्चालित हरित पुनउत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत तालिम दिइएको परियोजना प्रमुख हरि रेग्मीले जानकारी दिनुभयो।

नगरपालिकाको वडा नं ६ मा अवस्थित जनजागरण सामुदायिक भवनमा संचालित तालिम ७ दिनसम्म संचालन गरिएको थियो । तालिममा वडा नं ६,७ र ८ का १७ जना युवाहरूको सहभागिता रहेको थियो। स्थानीय स्तरमा सहजै उपलब्ध हुने भएकाले बाँसको सदुपयोग गरी आय आर्जनका अवसरहरू वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउँदै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले प्रमुखले तालिममा सिकेको ज्ञान र सिपलाई व्यवहारमा प्रयोग गर्न र उद्यमी बन्न आग्रह गर्नुभएको थियो। नगर प्रमुख कर्माचार्यले बाँसबाट निर्मित सामाग्रीको प्रयोगले प्लास्टिकजन्य सामाग्रीको प्रयोगमा समेत कमी आइ वातावरण संरक्षणमा समेत सहयोग गर्ने भएकाले उद्यमीका उत्पादनको बजारीकरणमा पालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद पौडेलले तालिममा सिकेका ज्ञान र सीप प्रयोग गरि गृहणीहरूले खाली समयमा बाँसका सामाग्री उत्पादन गरी थप आर्य आर्जन गर्न सक्ने भएकाले पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

विज्ञापन

तालिममा सहभागीहरूलाई प्रशिक्षक गोविन्द प्रसाद शर्माले बाँसबाट मोहोडा, चुरा स्ट्याण्ड कुर्ची, कप, डायरी कबर, ह्याङ्‌गर, फोटो फ्रेम, लठ्ठी ,र्‍याक लगायतका विविध सामाग्री बनाउन सिकाउनुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here