अन्तरमाध्यमिक हिज्जे प्रतियोगितामा बालोदय मा.वि प्रथम

असोज २९, २०७९


स्मार्ट अखबार संवाददाता
२९ असोज २०७९

विज्ञापन

बिज्ञापन

जनप्रिय माध्यमिक विद्यालय भीरकोटले आयोजना गरेको नगरपालिका स्तरीय अन्तरमाध्यमिक हिज्जे प्रतियोगितामा बालोदय मा.वि. प्रथम भएको छ। यसैगरी भाग्योदय मा.वि द्वितीय भएको छ भने बालज्योती मा.वि. ले तृतीय स्थान प्राप्त गर्न सफल भएको छ। पालिकाका १४ वटा सामुदायिक र संस्थागत विद्यालयहरूको सहभागिता रहेको  प्रतियोगितामा सहिद शुक्र मा.वि ले शान्त्वना स्थान प्राप्त गरेको थियो।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइरालाले विद्यार्थीहरूलाई उर्जाशील, लगनशील र कृयाशील बनाउन विद्यालय र शिक्षकहरूको अहम् भूमिका रहने बताउनुभयो।उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न स्थानीय सरकार, विद्यालय र शिक्षकहरूले अधिकतम प्रयास गर्नुपर्ने बताउनुभयो। सिकाइ क्रियाकलापलाई जीवन्त राख्न अतिरिक्त क्रियाकलापहरू निरन्तर रूपमा संचालन गर्नुपर्ने उहाँको भनाइ थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अर्यालको सभापतित्व , नगर शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण भाग्योदय मा.वि. का शिक्षक भोज बहादुर थापाले गर्नुभएको थियो भने संचालन राधिका अधिकारीले गर्नुभएको थियो।

विज्ञापन

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आयोजक विद्यालयले कार्यक्रमको स्तर सुहाउँदो व्यवस्थापन नगरेको र पुरस्कार नदिएकोमा हतोत्साहित भएको बताएका थिए। प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका विद्यार्थीहरूले केही कापी र प्रमाणपत्र प्राप्त गरेका थिए भने शान्त्वना स्थान प्राप्त गरेको विद्यालयले प्रमाणपत्रमा मात्रै चित्त बुझाउनु परेको थियो। नगरपालिकाले आफ्नो शैक्षिक कार्यपात्रोमा समावेश गरे पनि हालसम्म पालिकास्तरीय प्रतियोगिता संचालनमा कुनै पनि आर्थिक तथा भौतिक सहयोग नगरेको आयोजक विद्यालयहरूले जनाएका छन्। संस्थागत विद्यालयहरूले आफ्नै खर्चमा राम्रो नगद पुरस्कार दिने गरे पनि सामुदायिक विद्यालयहरूले पुरस्कार दिनमा कन्जुस्याइँ गरेको गरेको सहभागी विद्यार्थी खडानन्द अर्यालले बताउनुभयो।