चापाकोटमा सामाजिक संजाल प्रयोग सम्बन्धि प्रशिक्षण

बैशाख ०७, २०७९


स्मार्ट अखबार संवाददाता, वालिङ
७ वैशाख २०७९

नेकपा एमाले चापाकोट नगर कमिटीले एकदिने सामाजिक संजाल प्रयोग र लेखन शैली सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नगरभित्रका १० वटै वडाका करिव एक सय युवाहरुलाई प्रशिक्षण गराइएको नगर कमिटीका अध्यक्ष राजु कोइरालाले जानकारी दिनुभयो।

नेकपा एमाले प्रदेश कमिटीका सचिवालय सदस्य सरस्वती भट्टराईले पाछिल्लो समय सामाजिक संजालको दुरूपयोग बढेकोमा चिन्ता व्यक्त गर्नुभयो। लेखकलाई मन लागेको र तथ्यहिन विषयवस्तुले समाजमा नकारात्मक असर पारेको भट्टराईको भनाई थियो । व्यक्तिगत आरोप लगाउने र हुँदै नभएका विषयवस्तु हाबी गराउने प्रवृत्ति बढ्दै गएको उहाँको भनाई थियो ।

उक्त कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपाल स्याङ्जाका अध्यक्ष सुशील सुवेदीले र साइवर सर्कलका जिल्ला संयोजक राजु काफ्लेले गरेका गर्नुभएको थियो।यस्तै दिपक बस्यालको संयोजकत्वमा १३ सदस्यिय साइवर सर्कल चापाकोट कमिटी  गठन गरिएको छ । कार्यक्रमको अध्यक्षता युवा संघ नेपाल चापाकोट नगरका अध्यक्ष चन्द्र खाम्चाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन नेकपा एमाले नगर सचिव राजु भट्टराईले गर्नुभएको थियो।