अशिम सापकोटाको तिहार कोशेली

कार्तिक ०६, २०७८


काठमाडौं , ६ कार्तिक २०७८: तिहार अथवा दीपावलीलाई झिलिमिली बत्तीहरूको चाडका रूपमा लिइन्छ । तिहारको अवधिभरि सबैले आआफ्नो घरमा दियो बत्ती बालेर झिलिमिली बनाउने चलन छ साथै देउसी भैलोको रौनक त झनै मज्जा र बेग्लै छ। दशैंको बिदाई सँगै अब तिहारको महोल पनि सुरू भैसकेको छ।आउँदै गरेको तिहारलाई लक्षित गर्दै लामो समयदेखी काठमाडौँबाट कृषि क्षेत्रको पत्रकारीता गरीरहेका अशिम सापकोटाले, लोक भजन गायक लोकेन्द्र सापकोटा, कलाकार श्रृष्टि सापकोटा र जमुना सापकोटा तिवारीको समेत सहकार्यमा तिहार विशेष कोशेलीको रूपमा देउसीभैलो अर्थात तिहारै आयो.. देउसीभैलो गित ल्याउनुभएको  छ ।



हाम्रो संगित अनलाइन प्रस्तुतीमा ल्याइएको तिहारै आयो .. देउसी भैलो गितमा अशिम सापकोटा, लोकेन्द्र सापकोटा, श्रृष्टि सापकोटा र जमुना सापकोटा तिवारीले स्वर दिनुभएको छ। विशेष गरी तिहारको देउसीभैलो बलीराजाको हुकुमैले खेल्दै आइआएको प्रचलन छ।चाहे प्रचलन जसरी आओस देउसी भैलोको आफ्नै रौनक छ। साथीभाई जम्मा भएर सामुहिकतामा खेलिने देउसीभैलोको महतब   बैग्लै छ नेपाली समाजमा । यसगीत ले पनि यस्तै संस्कार, परम्परा र रीतिरीवाजको जगेर्ना गरौँ, हाम्रा पुस्ताहरुमा पनि यस्ता कुरा हस्तान्तरण गर्दै जानुपर्छ सन्देश दिएको छ।सापकोटाको तिहार विशेष साँगितिक कोशेलीले रमाइलोसँगै हामीले हाम्रा सांस्कृतिक रीतिरीवाज र  परम्पराको समेत जगेर्ना गर्नुपर्छ भन्ने मुलभाव बोकेको छ ।पुरै गीत हेर्नका लागि यो लिङ्कमा क्लिक गर्न सक्नुहुन्छ ।