शुभलक्ष्मी सहकारीको अध्यक्षमा पुन: के.सी. निर्वाचित

भदौ २३, २०८०


स्मार्ट सम्बाददाता, बयरघारी
२३ भाद्र २०८०

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी
बिज्ञापन

स्याङ्जा जिल्ला भरी कार्यक्षेत्र रहेको प्रतिष्ठित सहकारी शुभलक्ष्मी बचत तथा ऋण सहकारीको ११ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। भीरकोट नगरपालिकामा लोकप्रिय रहेको सहकारीको अध्यक्षमा पुन: भक्त बहादुर के. सी. निर्वाचित भएका छन् l शनिबार सम्पन्न बयरघारीमा सम्पन्न भएको सहकारीको साधारण सभा तथा अधिवेशनबाट के.सी. अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् l

अधिवेशनबाट उपाध्यक्षमा तारक बहादुर के. सी., कोषाध्यक्षमा भगवान के.सी.,सचिवमा पुष्पा अधिकारी निर्वाचित भएका छन् l यसैगरी सदस्यहरूमा जीवलाल बस्याल,सुमित्रा कर्माचार्य, अर्जुनकुमार श्रेष्ठ, इन्द्रजित गुरुङ र पूर्ण बहादुर के.सी. निर्वाचित भएका छन् l अधिवेशनले लेखा समितिको संयोजकको जिम्मेवारी श्याम प्रसाद रेग्मीलाई दिएको छ भने सदस्यहरूमा टोप बहादुर गुरुङ र शेषकान्त खनाल रहेका छन् l

अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति सदस्यहरू

“समृद्धिका लागि सहकार्य” भन्ने मूल नाराका साथ वि.सं. २०७० साल असार ३ गते स्थापना भएको सहकारीमा २ हजार भन्दा बढी शेयर सदस्यहरू रहेका छन् l सहकारीको शेयर पूँजी १ करोड ९६ लाख ६१ हजार रहेको छ l हाल संस्थासँग १२ प्रकारका बचत खाताहरू रहेका छन् l संस्थाले १४ वटा शिर्षकमा अधिकतम १० वर्षको लागि र न्युनतम १ महिनाको लागि कर्जा प्रवाह गर्ने गरेको छ l शेयर सदस्यहरूलाई विनाधितो अधिकतम ५ लाख सम्म र धितो लिएर अधिकतम ४० लाख सम्म कर्जा सुविधा दिइएको संस्थाका व्यवस्थापक लेख बहादुर के.सी. (किरण) ले जानकारी दिए l गत आ.व. सम्ममा २१ करोड १० लाख भन्दा बढी बचत संकलन र करिब ३३ करोड ९० लाख बराबरको ऋण प्रवाह गरेको छ l यसैगरी प्रचलित सबैखाले रेमिट्यान्स सुविधा दिदै आएको सहकारीले रेमिट्यान्स कारोबारबाट मात्रै करिब २ लाख आम्दानी गरेको छ l

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख अतिथि रहेको साधारणसभामा करिब १ हजार २ सय जनाको उपस्थिति रहेको थियो।