प्रदेश महाधिवेशन प्रतिनिधीमा अमृत पाण्डेयको उम्मेद्वारी
भदौ २८, २०७८
भाद्र २८, भीरकोट खबर डेस्क,
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको प्रतिनिधीसभा क्षेत्र न. २ ‘ख’ स्याङ्जाको प्रदेश महाधिवेशन प्रतिनिधीका लागि अमृत पाण्डेयले उम्मेद्धारी घोषणा गरेका छन् । विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रही सकृय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका पाण्डेय लुम्बिनी वाणिज्य क्याम्पसको ईकाई सचिव हुंदै नेवीसंघको विभिन्न तहमा रही काम गरेका अनुभव संगालेका छन् । पाण्डेय नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद समेत हुन् । त्यस्तै, १३ औं महाधिवेशनमा साविक आलमदेवी गावीसबाट क्षेत्रीय प्रतिनिधी निर्वाचित भएका उनी यसपाली कालिगण्डकी २ बाट क्षेत्रीय प्रतिनिधी बनेका छन ।