कालिका मा.वि. द्वारा व्यवसायिक आलु खेती

मङि्सर ०७, २०८०


स्मार्ट संवाददाता, स्याङ्जा
२०८० मंसिर ७, बिहीवार

स्याङ्जाको प्रतिष्ठित विद्यालय कालिका माध्यमिक विद्यालयले ७ रोपनी जग्गामा व्यवसायिक आलु खेती गरेको छ। पुतलीबजार नगरपालिका वडा नं १३ मा अवस्थित विद्यालयले ७ रोपनी जमिन १० वर्षको लागि भाडामा लिएर व्यवसायिक आलु खेती सुरु गरेको हो।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीन प्रसाद कोइरालाले विद्यार्थीलाई उत्पादनसँग जोड्ने शिक्षा प्रदान गर्न र प्रयोगात्मक अभ्यासका लागि उक्त जमिन भाडामा लिएर व्यवसायिक खेती सुरू गरिएको बताए। उनले विद्यार्थी र शिक्षकहरुलाई विद्यालयमा संचालित अतिरिक्त कृयाकलाप कार्यक्रम अन्तर्गत उत्पादन कार्य संचालन गर्न लागेको हुँदा यसबाट विद्यालयलाई अतिरिक्त आर्थिक लाभ हुने र यसले विद्यार्थी , अभिभावक र सबै सरोकारवालाहरुलाइ फाइदा हुने बताए।

विज्ञापन

व्यवसायिक खेतीलाई निरन्तरता दिदै आगामी दिनमा राम्रो नर्सरी स्थापना गरी मौसमी तथा बेमौसमी तरकारी बालीका बिरुवा उत्पादन गरि बिक्रीवितरण समेत गर्ने लक्ष्य राखेको विद्यालयलले जनाएको छ।