अचार बनाउने तालिम सम्पन्न

भदौ ०५, २०७९


स्मार्ट अखबार संवाददाता
५ भाद्र २०७९

स्याङ्जाको भीरकोट नगरपालिकामा ५ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ। हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत युएनडिपि र नगरपालिकाको आर्थिक सहयोग, अन्धाअन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाको व्यवस्थापनमा संचालन भएको तालिममा २७ जनाको सहभागिता रहेको थियो। भीरकोटका ९ वटै वडाबाट ३ जनाका दरले २७ जनाको सहभागिता रहेको तालिममा तामा, सिस्नो, मासु, गुन्द्रुक, भट्ट ,लसुन, अदुवा, खुर्सानी, कागती लगायतका १२ प्रकारका अचारहरू बनाउने तालिम दिइएको थियो।

भदौ १ गतेदेखी ५ गतेसम्म तमुसमाज भवनमा संचालन भएको तालिममा प्रशिक्षक पुना भुसालले प्रशिक्षण दिनुभएको थियो। तालिम समापन समारोहमा बोल्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले तालिममा सिकेको सिपलाई व्यवसायिक अचार उत्पादनमा प्रयोग गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्न आग्रह गर्नुभएको थियो।

व्यवसायिक उत्पादन पश्चात् बजारीकरणमा कुनै समस्या आइपरे पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अचारमा पालिकालाई आत्मनिर्भर बनाउन सहयोग र अर्थोपार्जनमा समेत आत्मनिर्भर हुन सुझाव दिनुभएको थियो