मतदाता लिएर जाँदै गरेको जिप दुर्घटना, १३ जनाको मृत्यु

बैशाख ३०, २०७९


स्मार्ट अखबार संवाददाता ,
३० बैशाख २०७९



स्याङ्जामा मतदाता लिएर जाँदै गरेको जिप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडा नम्बर १४ को अर्खलबासमा मतदाता लिएर मतदान केन्द्र आउदै गरेको जिप दुर्घटना हुँदा १३जनाको मृत्यु भएको हो । वालिङ १४ सिख्रेबाट तिवारी पसल मतदान केन्द्र आउदै गरेको ग.२ च. ३०२६ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । वडा अध्यक्ष झम्बर बहादुर श्रेष्ठका अनुसार १३ जनाको मृत्यु भैसकेको छ भने ९ जनालाई उपचारका लागि पोखरा पठाइएको छ भने तिन जनाको गह्रौ प्राथमिक अस्पतालमा उपचार भैइरहेको छ । जिपमा २५जना सवार रहेका थिए । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । निर्वाचनका दिन भएको दु:खद घटनाले निकै पीडा दिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । जिप ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।