वालिङमा जीप दुर्घटना, चालक सहित  ९ जना घाइते 

चैत १०, २०८०


१० चैत्र २०८०, शनिबार

स्याङ्जाको वालिङ नगरपालिकाबाट स्वरेकतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा चालक सहित ९ जना घाइते भएका छन्।शनिबार दिउँसो वालिङबाट छुटेको ग २ च ७४७९ नम्बरको जीप ब्रेकफेल हुँदा  करिब ३.३० बजे  सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक  इन्द्र बहादुर रानाले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको छ भने गम्भीर घाइते भएका ५ जनालाई गण्डकी मेडिकल कलेज पोखरा लगिएको छ।दुर्घटनामा पर्ने अधिकांश यात्रु वालिङ नगरपालिका वडा नं १० र ११ का रहेका छन्।