भीरकोटमा आलु महोत्सव आयोजना गर्ने तयारी

फागुन ०२, २०७७


भीरकोट खबर डेस्क

स्याङ्जा, १ फागुन । भीरकोट नगरपालिका वडा नं. ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । यही फाल्गुन ७ र ८ गते प्रथम आलु महोत्सवको तयारीका लागी शनिबार छलफल कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख छायाराम खनालले जिल्लामै पहिलो पटक आयोजना गरिएको आलु महोत्सवले कृषकहरुलाई प्रेरणा र उत्साहा जागेको भन्दै कृषिमा नयाँ आयाम थपिने बताउनुभयो ।

महोत्सव आयोजना सम्बन्धी छलफल तथा अन्र्तक्रियामा बोल्नुहुँदै प्रमुख खनालले आलु महोत्सवबाट यस क्षेत्रका स्थानीयको मात्र नभई समग्र भीरकोट नगरपालिका र जिल्लाकै लागी गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष यामप्रसाद अधिकारी, पत्रकार अमृत अर्याल, कृषक पोतप्रसाद तिवारी, शेषकान्त तिवारी, मोतिलाल पौडेललगायतले बोल्नुभएको थियो । कृषिको लागी निकै संभावना रहेको पकान फाँटमा यसपटक कृषकहरुले सामुहिक आलु खेति गरेका छन् । पकान फाँटमा यसपटक ३ सय रोपनी क्षेत्रफलमा सामुहिक आलु खेति गरिएको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।

महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष देवि पाण्डे तिवारीको अध्यक्षतामा सम्पन्न कर्याक्रममा स्वागत वडा अध्यक्ष अधिकारी र सञ्चालन संस्थाकी सचिव अम्बीका अर्यालले गर्नुभएको थियो ।