भोलि सार्वजनिक विदा

माघ १८, २०७८


माघ १८, २०७८

सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सरकारले देशभरका सरकारी तथा सार्वजनिक कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।